काठमाडौं, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले रुकुम घटनाको छानबिनका लागि संसदीय समिति गठन नभए कडा कदम चाल्ने चेतावनी दिएको छ ।
रुकुम पश्चिमको चौरजहारीमा भएको घटनामा संयुक्त राष्ट्रसंघलेसमेत निष्पक्ष छानबिनको माग गरिरहेको उल्लेख गर्दै कांग्रेसले संसदीय समितिबाट छानबिन गर्न माग गरेको हो ।
प्रतिनिधिसभाको सोमबारको बैठकमा कांग्रेस सांसद मानबहादुर विश्वकर्माले घटनाको निष्पक्ष छानबिनका लागि दलित सांसदको नेतृत्वमा संसदीय समिति तत्काल गठन गर्न माग गरे ।
सांसद मानबहादुर विश्वकर्मा ।
गम्भीर घटना भएपनि गृहमन्त्रीले साधारण कर्मचारीको अध्यक्षतामा बनाएको छानबिन समितिले न्याय दिन नसक्ने उनले बताए ।
पश्चिम रुकुमको चौरजहारीमा रहेको आफ्नी प्रेमिकाको घर पुगेका जाजरकोटका नवराज विकको मृत्यु भएको थियो । उनीसँगै अन्य पाँचजना साथीको पनि मृत्यु भएको थियो ।
गाउँलेहरुको आक्रमणबाट उनीहरुको मृत्यु भएको र अझैपनि एकजना बेपत्ता रहेको भन्दै सो घटनाको छानबिन गर्न कांग्रेसले माग गरेको हो ।इमेज समाचारमा उल्लेख छ।