राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टीको नेपालको संविधान (दोस्रो संशोधन) विधेयक संघीय संसद सचिवालयमा दर्ता भएको छ । राजपाका लक्ष्मणलाल कर्ण र समाजवादीका राजेन्द्रप्रसाद श्रेष्ठले विधेयक दर्ता गराएका हुन् ।
२३ बुँदामा संशोधन प्रस्ताव दर्ता गराएको श्रेष्ठले जानकारी दिए । नागरिकता, भाषा, समानुपातिक समावेशीको व्यवस्था, प्रदेशहरुको सिमांकन हेरफेरका लागि समिति गठनलगायतका विषय समावेश छन् ।