श्याम घिमिरे
सन्धिखर्क, अर्घाखाँची जेठ १९ (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाका स्थानिय सरकारले निर्माण गरेका क्वरेन्टीनमा साढे ४१ सय भन्दा धेरै व्यक्तिहरु रहेका छन । जिल्लाका ६ वटा स्थानीय सरकारले १ सय ८३ स्थानमा निर्माण गरेका क्वरेन्टीनमा आज दिउँसो ३ बजे सम्म ४ हजार १ सय ६९ जना व्यक्तिहरु रहेको सहायक प्रमुख जिल्ला अधिकारी बिनोद खनालले जानकारी दिनुभयो ।
जसमध्ये सन्धिखर्क नगरपालीकामा ५६९ जना, शितगंगा नगरपालीकामा ९३० जना, भूमिकास्थान नगरपालीकामा १०८१ जना, छत्रदेव गाउँपालीकामा ३४९ जना, मालारानी गाउँपालीकामा ७६४ जना र पाणिनी गाँउपालीकामा ४८२ जना रहेको सहायक प्रजिअ खनालले बताउनुभयो । अर्घाखाँचीका स्थानीय तहहरूले निरन्तर क्वरेन्टीनको संख्या बढाउदै गएको र त्यसमा बस्नेहरुको संख्या पनि बढ्दो रहेको छ । अधिकांस क्वरेन्टीनमा भारतबाट आएका मानिसहरु नै बसेको जनाईएको छ ।
हाल सम्म सन्धिखर्क नगरपालीकामा १७, शितगंगा नगरपालीकामा ५८, भूमिकास्थान नगरपालीकामा ३८, छत्रदेव गाउँपालीकामा १८, मालारानी गाउँपालीकामा २९ र पाणिनी गाँउपालीकामा २३ गरी कुल १ सय ८३ स्थानमा क्वरेन्टीनको निर्माण गरीएको सहायक प्रजिअ बिक्रम थापाले जानकारी दिनुभयो । पछिल्लो दिन मात्रै ३७० जना भारतबाट आएकाहरुलाई बिभिन्न पालीकाले निर्माण गरेका क्वरेन्टीनमा राखीएको छ । यस्तै जिल्लाभर १ सय १८३ स्थानका क्वरेन्टीनमा ४ हजार ३ सय ८९ वटा बेड रहेका छन ।
