अर्घाखाँचीमा टोपबहादुर रायमाझी, चेतनारायण आचार्यको पहलमा करौडौको याेजना पर्‍यो


अर्घाखाँचीडट्कम संवादाता
सन्धिखर्क, अर्घाखाँची  (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको शिक्षा, स्वास्थ्य, सडक लगायतका क्षेत्रमा करौडौको याेजना परेको छ ।
पुर्व उप-प्रधान तथा सांसद  टोप बहादुर रायमाझी, राष्ट्रिय सभा सदस्य चन्द्रबहादुर खड्का, प्रदेश सांसदहरु चेतनारायण आचार्य, रामजी प्रसाद घिमिरेको पहलमा आर्थिक वर्ष ०७७-०७८का लागि अर्घाखाँचीमा शिक्षा, स्वास्थ्य, सडक लगायतका क्षेत्रमा करौडौको याेजना परेको हो ।
भुकम्प पुननिर्माण योजना अनुसार   जिल्ला अस्पताल अर्घाखाँचीमा १० करोड रुपैया, पाणिनी क्याम्पसलाई ८ करोड, धारापानी- ढाकाबाङ – गोखुङ्गा सडकमा १.५० करोड, सिद्धारा धानखोला सडकलाई ७५ लाख परेको छ ।
यस्तै जिल्लामा ८ वटा स्वास्थ चौकी भबन निर्माण र ५० भन्दा माथी बिद्यालय भबन निर्माण हुने भएका छन् । स्वास्थ चौकी भबन र बिद्यालय भबन निर्माणमा कति रकम छुट्टाइएको हो थाहा हुन सकेको छैन् । 
टोप बहादुर रायमाझी, राष्ट्रिय सभा सदस्य चन्द्रबहादुर खड्का, प्रदेश सांसदहरु चेतनारायण आचार्य, रामजी प्रसाद घिमिरेको पहलमा अर्घाखाँचीमा शिक्षा, स्वास्थ्य, सडक लगायतका क्षेत्रमा परेको याेजनामा राष्ट्रिय पुनर्निर्माण प्राधिकारणको प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील ज्ञवाली, र अर्थमन्त्रालय,योजना आयोग लगायतबाट समन्वय भएको बताइएको छ ।   

अन्य समाचारहरु