अर्घाखाँचीडट्कम संवादाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कमा सरुवा भएर जादै गरेका प्रहरी नायव उपरीक्षक प्रकाश बिष्टकाे बिदाई गरिएको छ ।
कर्मचारी मिलन केन्द्र अर्घाखाँचीकाे आयाेजनामा मंगलवार सदरमुकाम सन्धिखर्कमा प्रहरी नायव उपरीक्षक प्रकाश बिष्टकाे बिदाई गरिएको हो ।
डिएसपी बिष्ट सरुवा भएर महाेत्तरी जाँदै हुनुहुन्छ । यस्तै जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीको नयाँ प्रहरी नायव उपरिक्षक (डिएसपी)मा माधब प्रसाद बुढाथोकी सरुवा भएर आउँदै हुनुहुन्छ ।