अर्घाखाँचीडट्कम संवादाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको खन र जुकेना क्वारेन्टाइनमा रहेका ५७ जनाको र्यापिड डाईअग्नस्टिक टेस्ट (आरडीटी) परिक्षण नेगेटिभ आएको छ ।
मालारानी गाउँपालिका वार्ड नम्बर ४ खन लुटिपाेखरी कालिका ने. रा. स्कुल क्वारेन्टाइनमा रहेका ४६ जना र शितगंगा नगरपालिका वार्ड नम्बर ६ जुकेनाको सुधा मावी क्वारेन्टाइनमा रहेका ११ जनाको र्यापिड डाईअग्नस्टिक टेस्ट (आरडीटी) परिक्षण नेगेटिभ आएको हो ।
यस्तै मालारानी गाउँपालिकाले अन्य क्वारेन्टाइनमा रहेका स्थानियको आरडीटी परिक्षणलाई निरन्तरता दिएको छ । उता शितगंगा नगरपालिकाले जेठ २२ गतेदेखि सबै क्वारेन्टाइनमा रहेका ९१८ जनाको आरडीटी परिक्षण गरिरहेको छ ।