अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिकाको वार्ड नं. ४ ठाडा स्थित ज्योति माबि क्वारेन्टाइनमा एक जना व्यक्तिमा काेराना पाेजिटिभ देखिएको छ । यो सँगै अर्घाखाँचीमा काेराना संक्रमितको संख्या ३ पुगेको छ । भने कोरोना संक्रमणबाट मृत्यु हुनेमा १ जना रहेको छ ।
प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा बिहीवार गरिएको पीसीआर परिक्षणमा ठाडा स्थित ज्योति माबि क्वारेन्टाइनमा रहेका शितगंगा नगरपालिका वार्ड नं. ६ जुकेनाका ३६ बर्षिय पुरूषमा काेराना पाेजिटिभ देखिएको हो । लुधियानाबाट सँगै आएका अन्य ४ जनाको भने नेगेटिभ आएको छ ।
उता संक्रमित व्यक्तिको स्वास्थ्य स्थिती सामान्य रहेको बताइएको छ ।
भारतको लुधियानाबाट आएर क्वारेन्टाइनमा बसेको २२ दिनपछि पिसिआर रिपोर्ट पोजेटिभ आएको बताईएको छ । कोरोना संक्रमित व्यक्तिको स्वास्थ्य स्थिती सामान्य रहेको जिल्ला जनस्वास्थ्य प्रमुख डाक्टर कपिल गौतमले जानकारी दिए ।
पिसिआर रिपोर्ट आउन ढिला भएपछि ठाडा स्थित श्री ज्योति माबि क्वारेन्टाइनमा बसेका ७ जनालाई दुई पटक आरडिटी परिक्षण गरेर हेर्दा रिपोर्ट नेगेटिभ आएपछि उनिहरूलाई बिहिबार बिहान घर-घर पठाईएको थियो ।
१२ दिन अगाडि उनिहरूको पिसिआर परिक्षणका लागि स्वाब संकलन गरेर प्रादेशिक कोरोना प्रयोगशाला भैरहवामा पठाईएको थियो । तर १२ दिनपछी सातै जनाको पिसिआर रिपोर्ट बिहिबार दिउसो सार्वजनिक भयो । घर पठाईएका १ जना शितगंगाका ३६ बर्षिय पुरूषको पिसिआर रिपोर्ट पोजेटिभ आएपछि सबै झसङ्ग भए । संक्रमित पुरूष सगै अन्य ६ जना पनि घर गएका थिए ।
उता यसअघि गत ज्येष्ठ १२ गते सोमवार पाणिनी गाउँपालिका वार्ड नं. ८ पालीकाे कमला माध्यमिक विद्यालय क्वारेन्टाइनमा २ जनालाई काेराना पाेजिटिभ देखिएको थियो ।
ति २ जनालाई सन्धिखर्कको हटारी नेटा आईसाेलेशनमा ल्याइएर राखिएको छ ।
यस्तै परिवारले परिचय दिए अनुसार गत २०७७ जेठ १० गते शनिबार गुजरातबाट बसमा आउदै गर्दा बाटैमा भारतको लखनउमा भुमिकास्थान नगरपालिका वार्ड नम्बर ९ ढिकुराको चरेपानीका इन्द्र बहादुर गैरे (कृष्ण), वर्ष ३४ को निधन भएको थियो । उनको जेठ १५ विहीवार कोरोना पिसीआर जाँच रिपोर्ट पोजेटिभ देखिएको थियो ।
अर्घाखाँची अस्पतालका अनुसार हालसम्म ४ सय ८९ जनाको स्वाब परिक्षणका लागी पठाईएकामा २ सय २५ जनाको रिपोर्ट आएको र त्यसमध्ये ४ जनालाई कोरोना संक्रमण पुष्टी भएको हो । जिल्लामा बिहिवार सम्म ६ सय ८१ जनाको ¥यापिड टेस्ट (आरडिटी) गरिएकोमा ३१ जनामा पोजेटिभ देखिएको छ ।