नेपालमा कोरोना भाइरस संक्रमितहरुको संख्या २,६३४, मृतकको संख्या १०, डिस्चार्ज २९० जना

नेपालमा कोरोनाभाइरसको संक्रमणबाट नेपालमा थप एक जनाको मृत्यु भएको छ।
२० गते मृत्यु भएका पाल्पा पूर्वखोलाका ४५ वर्षीय पुरूषमा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिए। ती पुरूष केही दिनअघि भारतबाट आएका थिए।
क्वारेन्टिनमा बसेका बेला स्वास्थ्यमा समस्या भएपछि उनलाई पाल्पास्थित मिसन अस्पतालमा भर्ना गरिएको थियो। ती पुरूषमा श्वासप्रश्वाससम्बन्धी समस्या देखिएको थियो। 
योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १० पुगेको छ।
पछिल्लो समय नेपालमा कोरोनाभाइरसको संक्रमण तीव्र भएको छ। बिहीबारमात्र थप ३३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा संक्रमितको संख्या २ हजार ६ सय ३४ पुगेको छ।  सेतोपाटीमा समाचार छ । 
बिहीबार एकैदिन ३३४  जना कोरोना संक्रमित थपिए
नेपालमा बिहीबार एकैदिन ३३४  जना कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता विकास देवकोटाले पछिल्लो २४ घण्टामा मोरङका १, पर्साका १, झापाका ५, ताप्लेजुङका १, सुनसरीका १, सप्तरीका १३, बाराका १२, सिन्धुलीका १, रौतहटका ६५, म्याग्दीका १, बाग्लुङका १०, पर्वतका ४,स्याङ्जाका १, डोटीका ३, बाँकेका ४२, कपिलवस्तुका २९, दाङका १५, मुगुका १, दैलेखका ११३, खोटाङका ३, धनुषाका ६, महोत्तरीका ३, सर्लाहीका ३ गरी ३३४ कोरोना संक्रमित थपिएका जानकारी दिए।
योसँगै नेपालमा संक्रमित संख्या २ हजार ६ सय ३४  पुगेको छ। तीमध्ये २९० जना उपचारपछि डिस्चार्ज भएका छन् भने १० जनाको मृत्यु भएको छ। गत २० गते मृत्यु भएका पाल्पा पूर्वखोलाका ४५ वर्षीय पुरूषमा कोरोना संक्रमण पुष्टि भएको उनले जानकारी दिए। ती पुरूष केही दिनअघि भारतबाट आएका थिए।
पछिल्लो समय भारतबाट आएका मानिसहरूमा परीक्षण बढाउँदा संक्रमितको संख्या बढ्दै गइरहेको छ।
उनका अनुसार अहिले देशभरि १ लाख ६१ हजार २ सय ६२ मानिस क्वारेन्टिनमा छन्। बिहीबारसम्म ८४ हजारभन्दा बढीको पिसिआर विधिबाट कोरोना परीक्षण गरिएको छ।  सेतोपाटीमा समाचार छ ।