अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची जेष्ठ -१८ (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा अन्य जिल्लामा उत्पादन भएका तरकारी आयत गरि बिक्री बितरण गरिने भएको छ ।
सदरमुकाम सन्धिखर्कमा प्रमुख जिल्ला अधिकारी बिजयराज पाैडेलकाे अध्यक्षतामा जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीमा बसेको सर्बदलिय बैठकले अन्य जिल्लामा उत्पादन भएको तरकारी, स्थानीय तह, कृषि सहकारी, कृषि फर्मकाे सिफारिस र बिल बिजककाे आधारमा जिल्लामा आयत गरि बिक्री बितरण गर्ने निर्णय गरेको हो ।
यस्तै सर्बदलिय बैठकले बिहान ७ बजेदेखि ११ बजेसम्म र साँझ ५ बजेदेखि ७ बजेसम्म खाद्यान्न, तरकारी फलफूल, दुग्ध जन्य पदार्थ मासु पसल सदा झै सामाजिक दुरि कायम राखेर सन्चालन गर्ने निर्णय गरेको छ ।
साथै बैठकले काेराेना जाँचकाे लागि आरडीटी तथा पीसीआर किटकाे जिल्लामा अपुग भएकोले तत्कालका लागि दशहजार थान आरडीटी र पाँच हजार पीसीआर किटकाे ब्यबस्थापनकाे लागि केन्द्र तथा प्रादेशिक सिसीएमसीमा अनुराेध गर्ने निर्णय गरेको छ ।
उता यसअघि गत ज्येष्ठ १८ गते आइतवार सदरमुकाम सन्धिखर्कमा कोरोना संक्रमित जिल्ला कपिवस्तुबाट ल्याईएको तरकारी नष्ट गरिएपछि प्रहरी, प्रशासनको व्यापक विरोध भएको थियो ।