अर्घाखाँचीमा १२ जनामा आरडिटी परिक्षण पोजेटिभ आयो

२०७७ ज्येष्ठ २३, शुक्रवारमा प्रकासित 
अर्घाखाँचीडट्कम संवाददाता 
जुकेना, अर्घाखाँची ।  अर्घाखाँचीमा १२ जनामा र्‍यापिड डाईअग्नस्टिक टेस्ट (आरडीटी) परिक्षण   पोजेटिभ आएको छ ।  सन्धिखर्कमा ६ जना, पाणिनीमा ५ जना र शितगङामा १ जनामा आरडिटी परिक्षण पोजेटिभ आएको हो ।
जुकेना खमारीमा क्वारेन्टाइनमा १ जनाको आरडीटी पोजेटिभ आयो
शितगंगा नगरपालिका वार्ड नम्बर ६ जुकेनाको खमारीमा क्वारेन्टाइनमा रहेका १ जना र्‍यापिड डाईअग्नस्टिक टेस्ट (आरडीटी) परिक्षण   पोजेटिभ आएको छ । 
यहाँ शुक्रबार २८ जनाको आरडीटी परिक्षण गरिएको थियो ।  
जुकेनाको खमारीमा क्वारेन्टाइनमा रहेका सबै २७ जनामा आरडीटी परिक्षण नेगेटिभ आएको हो  ।
आरडीटी परिक्षण नेगेटिभ आएका २७ जनालाई होम क्वारेन्टाइनमा बस्ने गरि घर पठाइएको छ । 
सन्धिखर्कको जनज्योती माविमा ४ र अर्घामा २ गरी ६ जनामा आरडिटी परिक्षण पोजेटिभ आयो
 जिल्लाको सन्धिखर्क नगरपालिकाका क्वारेन्टाइनमा ६ जना र्‍यापिड डाईअग्नस्टिक टेस्ट (आरडीटी) परिक्षण   पोजेटिभ आएको छ ।
चुत्राबेसीको जनज्योती माविमा ४ र अर्घा रजस्थल माबिमा २ गरी ६ जनामा आरडिटी परिक्षण पोजेटिभ आएको हो । 
सबै ६ जनाको पीसीआर परिक्षणका लागि स्वाब संकलन गरेर प्रादेशिक कोरोना प्रयोगशाला भैरहवामा पठाईएको छ । 
पाणिनी गाउँपालिकामा ५ जनामा आरडिटी परिक्षण पोजेटिभ आयो
 पाणिनी गाउँपालिकाका क्वारेन्टाइनमा ५ जना र्‍यापिड डाईअग्नस्टिक टेस्ट (आरडीटी) परिक्षण   पोजेटिभ आएको छ ।   
पाणिनी गाउँपालिका वार्ड नम्बर ८ पालीमा ३ जना, वार्ड नं. ६ धातिवाङमा १ जना,  वार्ड नं. ७ अडगुरीमा १ जना  गरी ५ जना र्‍यापिड डाईअग्नस्टिक टेस्ट (आरडीटी) परिक्षण   पोजेटिभ आएको हो । 
सबै ५ जनाको पीसीआर परिक्षणका लागि स्वाब संकलन गरेर प्रादेशिक कोरोना प्रयोगशाला भैरहवामा पठाईएको छ । 

अन्य समाचारहरु