अर्जुन पौडेल
काठमाडौं । अर्घाखाँची जिल्लाको खाँचीकोटका जीवनधर ज्ञवाली नेपालको ठुलो मानविकी क्याम्पस रत्न राज्यलक्ष्मी क्याम्पस काठमाडौंको प्रमुखमा नियुक्त हुनुभएको छ।
सन्धिखर्क नगरपालिका वार्ड नम्बर ७ (साविक खाँचीकोट गाबिस वार्ड नम्बर ६ भालुखोला) ज्ञवालीटोलाका सिद्दी प्रसाद ज्ञवालीका जेष्ठ सुपुत्र जीवनधर ज्ञवाली नेपालको ठुलो मानविकी क्याम्पस काठमाडौँको प्रदर्शनी मार्गमा अवस्थित रत्न राज्यलक्ष्मी क्याम्पसको प्रमुखमा नियुक्त हुनुभएको हो ।
“गणित” बाट पिएचडी गर्नुभएका जीवन ज्ञवाली अर्घाखाँची जिल्लाको ईतिहासमा अर्घाखाँची बाहेक काठमाडौंमा त्रिभुवन विश्वविद्यालय – क्याम्पसको प्रमुखमा नियुक्त हुने पहिलो व्यक्ति हुनुहुन्छ।
यस्तै ज्ञवालीले सरकारी छात्रवृत्तिबाट नर्वेमा गएर पढनु भएको थियो । अहिलेसम्म अर्घाखाँचीबाट विदेशमा सरकारी छात्रवृत्तिबाट पढन् गएको कोही पनि छैन् ।
साथै ज्ञवालीले विहिबार एक कार्यक्रमका बीच पदभार ग्रहण गर्नुभएको छ । यस्तै ४ वर्षे कार्यकालपछि निवर्तमान क्याम्पस प्रमुख डा निर्मला कुमारी सुवाललाई विदाई गरिएको थियो ।
साथै नवनियुक्त रत्न राज्यलक्ष्मी क्याम्पस काठमाडौंको प्रमुख ज्ञवालीले क्याम्पसका सम्पुर्ण गतिबिधि, उन्नती, प्रगति, सहयोग र सल्लाह रहने कुरामा पुर्ण विश्वस्त रहेको बताउनुभएको छ ।
पढेपछि आफ्नै देश फर्कनु पर्छ
उता रत्न राज्यलक्ष्मी क्याम्पसमा पढी अमेरिकाको न्यूयोर्कमा रहेका उत्तम आचार्य “पिएचडी” ले भन्नु हुन्छ; पछिल्लो समय देश विदेशमा एमफिल/पीएचडी गर्ने गुल्मी-अर्घाखाँचीबासीको लहर चलेको छ। केही प्रतिशत छुट पाएर छात्रवृत्ति पाए भन्दै युरोप अमेरिका, जापान, अष्ट्रेलियामा पिएचडी गर्ने भन्दै त्यहाँ गई– उतै लुकेर बस्नेहरुको संख्या दिन प्रतिदिन बढेको छ । काम गर्दै सजिलै पिएचडीको लाईसन्स निकालेपछि उतै विश्वविद्यालय, स्कुलमा प्राध्यापक / शिक्षक पेसा, कम्पनीहरुमा सजिलै काम पाईने भएकोले नेपाल फर्कन उनिहरु चाहदैनन् । विदेशमा पिएचडी गरेर नेपालमा फर्की जागिर पाउन गार्हो हुन्छ भन्ने सोच परिवर्तन गरी सबै आफ्नो देश फर्कनु पर्छ ।

