छत्रदेवमा १ जनामा काेराना पाेजिटिभ फेला,अर्घाखाँचीमा संक्रमितको संख्या ४, मृत्‍यु हुनेमा १ जना

 अर्घाखाँचीडट्कम संवाददाता 
छत्रगञ्ज,  अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिकाको  वार्ड नं. ५  छत्रगञ्ज क्वारेन्टाइनमा एक जना व्यक्तिमा काेराना पाेजिटिभ देखिएको छ । यो सँगै अर्घाखाँचीमा काेराना संक्रमितको संख्या ४ पुगेको छ । भने कोरोना संक्रमणबाट मृत्‍यु हुनेमा १ जना रहेको छ । 
प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा शनिबार गरिएको पीसीआर परिक्षणमा छत्रगञ्ज क्वारेन्टाइनमा रहेका ४९ वर्षीय पुरूषमा काेराना पाेजिटिभ देखिएको हो । उनी भारतबाट आएका थिए । 
उता संक्रमित व्यक्तिको स्वास्थ्य स्थिती सामान्य रहेको बताइएको छ ।   
उता यसअघि ज्येष्ठ २२ गते विहीवार शितगंगा  नगरपालिकाको  वार्ड नं. ४  ठाडा स्थित  ज्योति माबि क्वारेन्टाइनमा एक जना व्यक्तिमा र  गत ज्येष्ठ १२ गते सोमवार  पाणिनी गाउँपालिका  वार्ड नं. ८ पालीकाे कमला माध्यमिक विद्यालय क्वारेन्टाइनमा २ जनालाई काेराना पाेजिटिभ देखिएको थियो । 
ति ३ जनालाई सन्धिखर्कको हटारी नेटा आईसाेलेशनमा ल्याइएर राखिएको छ । 
यस्तै परिवारले परिचय दिए अनुसार गत २०७७ जेठ १० गते शनिबार गुजरातबाट बसमा आउदै गर्दा बाटैमा भारतको लखनउमा भुमिकास्थान नगरपालिका वार्ड नम्बर ९ ढिकुराको चरेपानीका इन्द्र बहादुर गैरे (कृष्ण), वर्ष ३४ को निधन भएको थियो । उनको जेठ १५ विहीवार कोरोना पिसीआर जाँच रिपोर्ट पोजेटिभ देखिएको थियो ।   

अन्य समाचारहरु