अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिकाको वार्ड नं. ५ छत्रगञ्ज क्वारेन्टाइनमा काेराना पाेजिटिभ देखिएका १ जनालाई सन्धिखर्कको हटारी नेटा आईसाेलेशनमा ल्याइएको छ ।
छत्रदेव गाउँपालिकाको वार्ड नं. ५ छत्रगञ्ज क्वारेन्टाइनमा काेराना पाेजिटिभ देखिएका १ जनालाई शनिबार साँझ सन्धिखर्कको हटारी नेटा आईसाेलेशनमा ल्याइएको हो ।
प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा शनिबार गरिएको पीसीआर परिक्षणमा छत्रदेव गाउँपालिकाको वार्ड नं. ५ छत्रगञ्जका ४९ वर्षीय पुरूषमा काेराना पाेजिटिभ देखिएको हो । उनी भारतबाट आएका थिए ।
संक्रमित व्यक्तिको स्वास्थ्य स्थिती सामान्य रहेको बताइएको छ ।
यो सँगै अर्घाखाँचीमा काेराना संक्रमितको संख्या ४ पुगेको छ । भने कोरोना संक्रमणबाट मृत्यु हुनेमा १ जना रहेको छ ।
उता यसअघि ज्येष्ठ २२ गते विहीवार शितगंगा नगरपालिकाको वार्ड नं. ४ ठाडा स्थित ज्योति माबि क्वारेन्टाइनमा एक जना व्यक्तिमा र गत ज्येष्ठ १२ गते सोमवार पाणिनी गाउँपालिका वार्ड नं. ८ पालीकाे कमला माध्यमिक विद्यालय क्वारेन्टाइनमा २ जनालाई काेराना पाेजिटिभ देखिएको थियो ।
ति ३ जनालाई सन्धिखर्कको हटारी नेटा आईसाेलेशनमा ल्याइएर राखिएको छ ।
यस्तै परिवारले परिचय दिए अनुसार गत २०७७ जेठ १० गते शनिबार गुजरातबाट बसमा आउदै गर्दा बाटैमा भारतको लखनउमा भुमिकास्थान नगरपालिका वार्ड नम्बर ९ ढिकुराको चरेपानीका इन्द्र बहादुर गैरे (कृष्ण), वर्ष ३४ को निधन भएको थियो । उनको जेठ १५ विहीवार कोरोना पिसीआर जाँच रिपोर्ट पोजेटिभ देखिएको थियो ।