१५ दिन बसेर २ किलोमिटरर हिडेर चेकजाचको लागी सितापुर बजारमा जनता आधारभूत विध्यालयमा बसेकाहरु ।
अर्घाखाँचीडट्कम संवाददाता
ढाकावाङ, अर्घाखाँची । अर्घाखाँची जिल्लाका ६ स्थानिय तहमा रहेका क्वारेन्टाइनमा मंगलवार ११ जनाको र्यापिड डाईअग्नस्टिक टेस्ट (आरडीटी) परिक्षण पोजेटिभ आएको छ ।
भुमिकास्थान नगरपालिका वार्ड नं. १ ढाकावाङको बाल शिक्षा माध्यमिक बिधालय साम्नेगाउँ क्वारेन्टाइनमा ३ जना र मालारानी गाउँपालिका वार्ड नं. ५ बाँगीकाे आरुखाेर र भडार क्वारेन्टाइनमा ८ जना गरी ११ जनाको आरडीटी परिक्षण पोजेटिभ आएको हो ।
जिल्लाभर मंगलवार २६१ जनाको आरडीटी परिक्षण गरिएको थियो ।
आरडीटी परिक्षण पोजेटिभ आएका ११ जना र अन्य १५७ जनाकाे पीसीआर परिक्षणका लागि स्वाब संकलन गरेर प्रादेशिक कोरोना प्रयोगशाला भैरहवामा पठाईएको छ ।