डिआरजी सुमन
मैदान (अर्घाखाँचीडट्कम) व्युरो रिपोर्ट । अर्घाखाँची डट्कमले आफ्ना संवाददाता दिनेश गैरेको निवासमा पुगी श्रद्धांजली सभा सम्पन्न गरेको छ ।
अर्घाखाँची जिल्ला पाणिनी गाँउपालिका वडा नं ५ काफलवुटा निवासी पत्रकार दिनेश गैरे, लेखनाथ गैरे र सालीकराम गैरेका ६६ वर्षीय वुवा पिता तथा विष्णुदेवी गैरेका श्रीमान हीरामणी गैरेको २०७७ जेठ २० गते भएको असामयिक निधन प्रतिअर्घाखाँची डट्कमले गहिरो समवेदना प्रकट गरेको छ ।
पाणिनी गाँउपालिका वडा न. ५ काफलवुटा स्थित निवीसमा पुगेर अर्घाखाँची मीडिया हाँउस प्रालीद्धारा संचालित अर्घाखाँचीडट्कमका फ़ाउन्डर/प्रकाशक -प्रधान सम्पादक मेहर सिंह के.सी, समाचार सम्पादन-अन्तराष्ट्रीय विभाग तथा व्युरो प्रमुख डिआरजी सुमन, विज्ञान तथा प्रविधि संयोजक संतोषकुमार के.सी,बजार व्यस्थापन सन्योजक/प्रमुख बसन्त बहादुर खड्का ,खेल संयोजक जीवन भट्टराईको उपस्थितीमा मृतक प्रति चीर शान्तिको कामना गर्दै शोकाकुल घरपरिवार प्रति हार्दिक समवेदना प्रकट गरिएको थियो ।
– तस्वीर डिआरजी सुमन/अर्घाखाँची डटकम्