सुर्य भुसाल
सन्धिखर्क, अर्घाखाँची २९ जेठ २०७७ । अर्घाखाँची जिल्लाको सन्धिखर्कमा स्थापित सामाजिक क्षेत्रमा काम गर्ने महिला दिदिबहिनीहरुले स्थापना गरेको कल्याणी सेवा नेपाल संस्थाले अर्घाखाँचीका ६ बटै स्थानिय तहहरुलाई जनही ५ हजारका दरले बिपत ब्यबस्थापन कोषमा ३० हजार रुपैयाँ जम्मा गर्ने निर्णय गरेको छ ।
कल्याणी सेवा नेपाल संस्थाले अर्घाखाँचीका ६ बटै स्थानिय तहहरुलाई जनही ५ हजारका दरले बिपत ब्यबस्थापन कोषमा ३० हजार रुपैयाँ जम्मा गर्ने निर्णय गरेको कल्याणी सेवा नेपालकी अध्यक्ष सुसिला भन्डारी बन्जाडेले जानकारी दिनु भयो ।
संस्था स्थापना भएदेखि नै बिभिन्न पिडित ब्यक्तिहरुलाई आफुहरुले सहयोग गर्दै आएको र कोरोना रोग नियन्त्रणका लागि सहयोग पुगोस भन्ने उदेश्यका साथ सामाजिक उतरदायित्व अन्तरगत आर्थिक रकम सहयोग गरेको अध्यक्ष भन्डारीले जानकारी दिनु भयो ।
कोरोना रोग नियन्त्रणका लागि सहयोग गर्न संस्थामा रहेका सदस्यहरुले आर्थिक रकम उठाई स्थानिय सरकारलाई सहयोग गरेको कल्याणीकी सहसचिब कमला भन्डारीले बताउनु भयो ।
यो संस्थाले कुनै पनि संघ संस्थाबाट आर्थिक साहयता लिएको छैन भने दिपाबलीमा देउसी भैलोबाट उठेको रकम समेत दु:खी पिडिललाई सहयोग गरेको अध्यक्ष भन्डारीको भनाई छ ।