अर्घाखाँचीमा पत्रकार महासंघद्वारा रेडियोमा काम गर्नेलाई खाद्यान्न बितरण

अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची  २८ जेठ २०७७  । अर्घाखाँची जिल्लामा नेपाल पत्रकार महासंघ अर्घाखाँचीले जिल्लाका क्रियाशिल रेडियोकर्मीलाई खाद्यान्न बितरण गरेको छ । 
बिपदको यस घडिमा पनि दिनरात नभनी जनतालाई सुचना दिन खटिने रेडियोकर्मीलाई राहत होस् भनेर खाद्यान्न बितरण गरिएको हो । जिल्लामा संचालित ५ वटा सामुदायिक रेडियो र ३ वटा कर्मर्सियल रेडियोमा खटेर काम गर्ने संचारकर्मीलाई प्रति रेडियो २५ किलो चामल, २ किलो दाल,१ लिटर तेल र १ किलो नुन बितरण गरिएको महासंघका जिल्ला अध्यक्ष हिम लेकालीले जानकारी दिनुभएको छ ।
बिश्व नै आक्रान्त बनिरहेको कोरोना कहरको प्रवाह नगरि अहोरात्र खट्ने संचारकर्मीप्रति कसैको नजर नपुग्नु दुःखद भएको भन्दै सरकारको ध्यानाकर्षण समेत गराउनुभएको छ । 
अध्यक्ष लेकालीले महाबिपत्तिलाई कम गर्न रेडियो र संचारकर्मीले अहम भुमिका खेलेको भन्दै आभार समेत प्रकट गर्नुभएको छ । अर्घाखाँची जिल्लामा अहिले ८ वटा रेडियोले कोरोना संग बँच्न अहोरात्र सुचना तथा समाचार सम्प्रेसण गर्दै आएका छन् ।

अन्य समाचारहरु