सुर्य भुसाल
ढिकुरा, अर्घाखाँची २९ जेठ २०७७ । अर्घाखाँची जिल्लामा पुर्वाधार सडक कार्यालय अर्घाखाँचीका सिनियर डिभिजन ईन्जिनियर बिनोद चौधरीले गुणस्तरीय काम नगर्ने निर्माण ब्यबसायीलाई कारर्बाही गर्ने चेतावनी दिनु भएको छ ।
चौधरीले तोकिएको समयमा गुणस्तरीय काम सम्पन्न गर्न आग्रह गर्दै गाउँ ठाउँमा हुने बिकास निर्माणका कामहरु ठिक सित भए नभएको स्थानिय जनताले पनि अनुगमन मुल्यांकन गर्नु पर्ने बताउनु भयो ।
चौधरी सहितको प्राबिधिक टोलीले बिहिवार गच्छे ढिकुरा धनचौर लामिदमारसम्मको सडक अनुगमन गर्दै गुणस्तरीय सडक निर्माण गर्न सम्वधित कन्टेयाक्टलाई आग्रह गर्नु भएको हो ।
चौधरी सहितका प्राबिधिकहरुले सडकमा भईरहेका कामहरुको फिल्डमै पुगेर अनुगमन गरेर काम दुर्त गतिमा अगाडि बढाउन निर्देसन दिईरहेका छन् । आफै फिल्डमा नपुगि भुक्तानी नदिने गरि सिनियर डिभिजन ईन्जिनियर फिल्डमा खटिने गरेपछि अन्य प्राबिधिक पनि काम गुणस्तरीय गराउन ब्यस्त छन् ।