अर्घाखाँचीमा प्रदेश ५ का सामाजिक बिकास मन्त्रीद्वारा ५० सैयाको अस्पताल बनाउन पहल गर्ने, ठाकुर विकसँग भेट (फोटो सहित)

-सुर्य प्रसाद भुसाल 
सन्धिखर्क, अर्घाखाँची – सामाजिक बिकास मन्त्री सुदर्शन बरालले कोरोना रोग नियन्त्रणका लागि प्रदेस सरकार लागिरहेको बताउनु भएको छ ।
 मन्त्री बरालले पिसिआर  चेक गर्ने मेसिन अझै ब्यस्थापन गरि छिटो भन्दा छिटो रिपोर्ट आउने बाताबरण बनाउन आफुहरु  लागि परेको बताउदै आगामी बर्ष अर्घाखाँची जिल्ला अस्पताल ५० बेडमा स्तरउन्नती  गरिने दाबि गरेका हुन । 
जिल्ला प्रसासन कार्यलय अर्घाखाँची प्राङ्गणमा भएको कार्यलय प्रमुख सुरक्षा निकाय राजनीति दल तथा सरोकारवाला सगको भेटघाट कार्यक्रममा मन्त्री बरालले स्वास्थ्य क्षेत्रको बिकासका लागि कुनै कसुर बाकि नराख्ने दाबि गरेका हुन।
 मन्त्री बरालले कोरोना सङक्रमित नेकपाका युवा नेता तथा सन्धिखर्क नगरपालिकाका उपप्रमुख ठाकुर कुमार बिकको निबासमा पुगि भेटगरि स्वास्थ्य अबस्थाबारे जानकारी लिएका थिए ।उपप्रमुख बिक को स्वास्थ्य अबस्था सामान्य छ ।
सामाजिक बिकास मन्त्री सुदर्शन बराल र नेकपाका प्रदेस सचिबालय सदस्य एबम जिल्ला सचिब सन्धिखर्क नगरपालिकाका नगरउपप्रमुख ठाकुर कुमार बि क बिच भेटबार्ता भएको छ । कोरोना रोग सङक्रमणका कारण आफ्नै  निबासको आइसोलेसनमा  बसेका उपप्रमुख बिकको स्वास्थ्य अबस्था बुझ्न प्रदेस सरकारका सामाजिक बिकास मन्त्री  सुदर्शन बराल सन्धिखर्क आएका  थिए ।
  भौतिक दुरि कायम गरि भएको भेटमा उपप्रमुख बिकको स्वास्थ्य अबस्थाबारे जानकारी लिदै मन्त्री बरालले स्वास्थ्य क्षेत्रको बिकासका प्रदेस सरकार लागि परेको बताउदै स्वास्थ्य लाभको कामना गरेका थिए ।
भेटगर्न आएका मन्त्री सग उपप्रमुख  बिकले जिल्लामा स्वास्थ्य क्षेत्रको अबस्था निकै कम्जोर भएको सामान्य समस्याका बिरामि आउँदा समेत स्वास्थ्य उपचार गर्ने ब्यबस्था नभएको कोरोना रोग माहामारिको रुपमा फैलन लागेको तर पिसिआर गर्ने मेसिन र जनसक्ति नहुदा रिपोर्टका लागि धेरै कुर्न परेको भन्दै पिसिआर मेसिन अर्घाखाँचीमा राख्ने ब्यबस्था मिलाउन आग्रह गर्दै चिन्ता ब्यक्त गरेपछि मन्त्री बरालले जिल्ला अस्पताल ५० बेड बनाउन लागेको पिसिआर मेसिन ल्याउनका लागि पहल गर्ने आश्वासन  दिएका थिए ।
उपप्रमुख ठाकुर कुमार बिकको स्वास्थ्य अबस्था सामान्य छ, उहालाई रुघा खोकि पनि निको हुन लागेको छ  ।बिकले जडिबुटी औषधि सेवन गर्नु भएको छ ।
फोटो सौजन्य -अशोक खनाल / सुर्य भुसाल 

अन्य समाचारहरु