शिखरलाई अर्घाखाँचीमा चम्काउदै लक्ष्मण केसी

-सुर्य प्रसाद भुसाल 
 
 सन्धिखर्क,  अर्घाखाँची । अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कको गुन्टेखोलामा रहेको शिखर इन्सुरेन्स कम्पनी लिमिटेड  यतिबेला निकै चर्चामा छ ।
  
कोरोना बिमा गर्ने यो इन्सुरेन्सले अर्घाखाँचीका ५ वटा स्थानिय तहका कर्मचारीहरु केही जनप्रतिनिधिहरु, प्रमुख जिल्ला अधिकारी बिजयराज पौडेल   सहितका कर्मचारीहरु प्रहरी नायब उपरीक्षक माधब बुढाथोकी तथा बिभिन्न सरकारी कार्यालयहरु बिभिन्न गैरसहकारी संस्थाहरु बिभिन्न संघ- संस्थाका प्रमुख प्रतिनिधिहरु सहकारी  तथा परिचित ब्यक्तिहरुको कोरोना बिमा गर्न शिखर ईन्सुरेन्स सफल भएको शिखरका अर्घाखाँची म्यानेजर लक्ष्मण के. सीले जानकारी दिनु भयो ।
केसी  अर्घाखाँचीका परिचित युवा ब्यबसायी हुन् उनले शिखर ईन्सुरेन्सलाई अर्घाखाँचीमा चर्चाको शिखरमा पुराएका छन् ।
सरल भाषा मिठो बोली ईमानदार युवाको रुपमा चिनिएका के.सीले अझै धेरै ठाउँमा कोरोना बिमा गर्न बाँकी रहेको र आफुले खटेर बिमा गरिरहेको बताउछन् ।

अन्य समाचारहरु