सदरमुकाम सन्धिखर्क ।
अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची जिल्लामा भारतबाट आउनेको संख्यामा कमि आएको छ ।
भारत सरकारले लकडाउन खुकुलो पारे लगतै अर्घाखाँची जिल्लामा भारतबाट आउनेको संख्यामा कमि आएको हो । लकडाउनका कारण भारतबाट केही समय अगाडि अर्घाखाँची फर्कनेको संख्या बढे पनि १० दिन यता अहिले न्युन छ ।
लकडाउन खुकुलो भए लगतै अहिले भारतमा रहेका अर्घाखाँचीबासी आ-आफ्ना काममा फर्कन थालेका छन् । भने नेपाल फर्कन छोडेका छन् ।
भारतको राजधानी नई दिल्ली लगायत देशभर भारत सरकारले लकडाउन खुकुलो पारेको छ । सबै बजार, व्यवसाय, यातायात प्रणाली खुलेका छन् । त्यहाँ रहेका नेपाली आ-आफ्ना काममा फर्केका छन् ।
भारत लगायत जिल्ला बाहिरबाट आउन थालेपछि अर्घाखाँची जिल्लाभरका क्वारेन्टाईनहरु खाली हुँदै गएका छन् । भने अर्घाखाँची जिल्ला सामान्य तर्फ फर्केको छ । यस्तै अर्घाखाँची जिल्लाभर बजार, पसल खुलेका छन् ।
अर्घाखाँचीमा आजसम्म २८ सय ९३ जना क्वारेन्टाईनमा रहेका छन् । भारत तथा छिमेकी जिल्लाबाट आएका २८ सय ९३ जना क्यारेन्टाइनमा रहेको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ । गएको २४ घन्टामा १ सय ५७ जना क्वारेन्टाईनबाट डिस्चार्ज भएका छन् ।
यस्तै शनिबार दिउँसो ३ बजेसम्ममा कही पनि जिल्ला भित्रिएका छैनन् ।
सन्धिखर्क नगरपालिकामा ५ सय २ शितगंगा नगरपालिकामा ५ सय ५०, भुमिकास्थान नगरपालिकामा ७ सय ४४ पाणिनी गाउँपालिकामा ३ सय १८ छत्रदेव गाउँपालिकामा ३ सय ७२ र मालारानी गाउँपालिकामा ४ सय ७ जना क्वारेन्टाईनमा रहेको जिल्ला प्रशासन कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।
अर्घाखाँचीका ६ स्थानिय तहका दुईसय ४१ क्वारेन्टाईन स्थलमा पाँच हजार ४३ बेड तयार रहेका छन् ।
३६ जना संक्रमित मध्ये सन्धिखर्क नगरपालिकाका उपमेयर ठाकुर कुमार बिक सेल्फ आईसोलेशनमा हुनुहुन्छ भने अन्य ३५ जनाको हटारिनेटा आईसोलेशनमा उपचार भैरहेको छ । उनीहरुको स्वास्थ्य अबस्था समान्य रहेको बताइएको छ ।
अर्घाखाँचीमा संक्रमित संख्या ३८ मध्ये मृतकको संख्या २ पुगेको छ ।