अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कमा जिल्ला बिपद ब्यबस्थापन समिति अर्घाखाँचीको बैठक सम्पन्न भएको छ ।
जिल्ला बिपद ब्यबस्थापन समितिका संयोजक प्रमुख जिल्ला अधिकारी बिजयराज पौडेलको अध्यक्षतामा बसी महत्त्वपूर्ण निर्णय गर्दै बैठक सम्पन्न भएको हो ।
बैठकले बिपद जोखिम न्यूनीकरण तथा प्रतीकार्यका लागि पुर्ब तयारीका कार्यहरु गर्ने, जिल्लाका विभिन्न स्थानहरु बाढी पहिरो तथा भुक्षयका दृस्ठिकोणले उच्च जोखिममा रहेको , बर्षायाम निकट रहेको र जिल्लामा भु- संरक्षण सम्बन्धि कार्य गर्न जिल्ला स्तरीय निकाय नरहेकोले सम्भाबित बाढी, पहिरो तथा भुक्षयको नियन्त्रण गर्न जिल्लाको लागि १००० थान तारजाली उपलब्ध गराइदिन भु- तथा जलाधार कार्यालय पाल्पालाई सिफारिस सहित अनुरोध गर्ने, २०७६/९/२३ देखि २०७७/२/३१ सम्म बितरण गरिएको रु. १६९००० राहत रकम अनुमोदन गर्ने, चट्याङ लागि मृत्यु भएका मालारानी ९ का बिकाश थापाको परिवारलाई गृह मन्त्रालयको मापदण्ड अनुसार राहत रकम उपलब्ध गराउने, जिल्लामा तयार गरि लागू गरिएको बिपद पुर्ब तयारी तथा प्रतिकार योजनालाई कोभिड १९ को संरक्षण, रोकथाम नियन्त्रण तथा यसको प्रभावलाई मध्यनजर गरि पुनरावलोकन गरि १५ दिन भित्र पेश गर्ने प्रायोजनको लागी साहायक प्रमुख जिल्ला अधिकारीको संयोजकतामा जिल्ला स्थित शुरक्षा निकायका अधिकारी, सबै स्थानीय तहहरुका प्रतिनिधि, नेपाल रेड्क्रस जिल्ला शाखा अर्घाखाँचीको प्रतिनिधि सदस्य रहने गरि समिति गठन गर्ने, शितगंगा नगरपालिका वार्ड न. ८ बडकापथ सिंचाइ योजनाको क्यानल निर्माणको क्रममा थुप्रैएको मिस्कट ( गिट्टी बालुवा समेत) नियमा अनुसार रोयल्टी लिइ हटाउने प्रयोजनको लागि केन्द्र प्रदेश र स्थानीय तहको प्रचलित कानुनको बिपरित नहुने गरि ब्याबथापन गर्न सिफारिस गर्ने लगायतका निर्णय गरेको छ ।
यस्तै बैठकले लकडाउनको बिषयमा गृह मन्त्रालयको निर्णयलाई कार्यान्यन गर्ने निर्णय समेत गरेको छ ।