राजाले राष्ट्रियता बचाउँछन् भन्ने दाबी गलत: मोहनविक्रम सिंह, नेकपा मसाल

नेपाल कम्युनिष्ट पार्टी (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले राजाले राट्रियताका रक्षा गर्न सक्छन् भनेर कतिपयले दाबी गरिरहेका भन्दै त्यस्तो दाबी गलत भएको बताउनुभएको छ ।
सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै सिंहले राजाकै आत्मसमर्पणवादी चरित्रका कारण कालापानीमा भारतीय सेनाले कब्जा गरेको उल्लेख गर्नुभएको छ ।
संसदले अतिक्रमित भूमिसहितको नक्सा पारित गरेर केही हदसम्म गल्ती सच्याएपनि भूमि फिर्ता लिन लामो र कठिन संघर्ष गर्नुपर्ने महामन्त्री सिंहले औंल्याउनुभएको छ ।
महामन्त्री सिंहले लेख्नुभएको छ, ‘कालापानी समस्या वा कालापानीमा भारतीय सेनाको क़ब्ज़ा तात्कालिक राजाको आत्मसमर्पण बादी नीतिको परिणाम हो । त्यसबाट राजाद्दारा नै राष्ट्रियताको रक्षा हुन्छ भन्ने दाबी ग़लत साबित हुन्छ ।संसदद्वारा निशानाछाप सम्बन्धी संशोधनले राजाको त्यो गल्तिलाई पहिलो पल्ट केही सच्याएको छ। तर राजाको ग़लत नीतिका कारणले गुमेको भुमी फिर्ता गर्न वा भारतीय सेनालाई त्यहाबाट हटाउन हामीले अझै लामो र कठिन संघर्ष गर्नु पर्ने छ।’
Mohanbikram Singh

58 minutes ago

कालापानी समस्या वा कालापानीमा भारतीय सेनाकोक़ब्ज़ा तात्कालिक राजाको आत्मसमर्पण बादी नीतिको परिणाम हो। त्यसबाट राजाद्दारा नै राष्ट्रीयताको रक्षा हुन्छ भन्ने दाबी ग़लत साबित हुन्छ। संसदद्दारा निशानाछाप सम्बन्धि संसोधनले राजाको त्यो गल्तिलाई पहिलो पल्ट केही सच्याएको छ। तर राजाको ग़लत नीतिका कारणले गुमेको भुमी फिर्ता गर्न वा भारतीय सेनालाई त्यहाबाट हटाउन हामीले अझै लामो र कठिन संघर्ष गर्नु पर्ने छ।