अर्घाखाँचीमा नेपाल प्रेस युनियन अर्घाखाँचीद्धारा आफ्ना सदस्यहरुका लागि कोरोना बिमा र दुर्घटना बिमा

सुर्य भुसाल
सन्धिखर्क, अर्घाखाँची ।  नेपाल प्रेस युनियन अर्घाखाँचीले आफ्ना सदस्यहरुका लागि कोरोना बिमा र दुर्घटना बिमा गरेको छ ।
युनियनले कोरोना (कोभिड-१९) को बढ्दो जोखिमका बाबजुद नागरिकलाई सुचना प्रवाह गर्न समाचार संकलनको लागि फिल्डमा खटिनुपर्ने पत्रकारहरुको लागि प्रतिव्यक्ति रु १ लाख बराबरको कोरोना विमा गरेको छ ।  
त्यस्तै फिल्ड रिपोटिङ गर्दा दुर्घटनाको जोखिमलाई मध्यनजर गर्दै युनियनका सबै सदस्यहरुको लागि प्रतिव्यक्ति रु २ लाख रुपैयाको दुर्घटना विमा गरेको छ । 
नेपाली कांग्रेस प्रतिनिधिसभा संसदीय दलकी सचेतक एवं कांग्रेस केन्द्रीय सदस्य पुष्पा भुसाल, प्रदेश-५ कांग्रेस संसदीय दलकी सचेतक निर्मला क्षेत्री र नेपाली कांग्रेस ढिकुरा गाउँ कार्यसमितिका सभापति उमेश घिमिरेको विशेष सहयोगमा फिल्डमा खटिनुपर्ने ३६ जना पत्रकारको लागि कोरोना विमा र ६२ जना युनियनकर्मीका लागि दुर्घटना विमा गरिएको नेपाल प्रेस यनियन अर्घाखाँचीका सभापति वीरेन्द्र केसीले बताउनुभयो । 
कांग्रेस नेतृ पुष्पा भुसालले कोरोना संक्रमणको जोखिममा रहेर जनतालाई सुचना प्रवाहको काममा खटिनुपर्ने पत्रकारको स्वास्थ्य सुरक्षामा सबै निकाय गंभिर हुनुपर्ने बताउनुभयो । उहा“ले जनतालाई सही सुचना दिने काममा सर्तक रहेर समाचार संकलन गर्न आग्रह गर्नुभयो । सांसद पुष्पा भुसालले यस अघि कोरोना महामारीमा बेला अर्घाखा“चीका ६ स्थानीय तहलाई २१ हजार रुपैया“का दरले नगद सहयोग प्रदान गर्नुभएको थियो । 
सांसद निर्मला क्षेत्रीले दुर्घटनाको जोखिमका बाबजुद खटिने पत्रकारको लागि सबैले गंभिर भएर सहयोग गर्नुपर्ने बताउनुभयो ।  कांग्रेस ढिकुराका सभापति उमेश घिमिरेले आम नागरिकलाई कोरोना संक्रमणबाट बच्न र जोगिनको लागि पत्रकारले प्रवाह गरेको सुचना तथा खेलेको भुमिका प्रशंसनीय रहेको बताउनुभयो ।
पहिलो चरणमा कोरोनाको जोखिमलाई छल्दै विभिन्न सञ्चारमाध्यममा काम गर्ने ३६ जना पत्रकारको कोरोना विमा गरिएको र चरणबद्ध रुपमा कोरोना बिमा कार्यक्रमलाई जारी राखिने युनियनका सचिव विष्णु खनालले बताउनुभयो । 
सन्धिखर्कमा शाखा रहेको युनाइटेड इन्स्योरेन्स कम्पनीमा कोरोना तथा दुर्घटना विमा गर्न युनियनका अध्यक्ष वीरेन्द्र केसी, सचिव विष्णु खनाल, केन्द्रीय पार्षद प्रेमनारायण आचार्य लगायतका युनियनकर्मीको उपस्थिति रहेको थियो ।   

अन्य समाचारहरु