डिभर्नाको बिजया माबिमा
अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँचीमा आजसम्म २४ सय ९२ जना क्वारेन्टाईनमा रहेका छन् । भारत तथा छिमेकी जिल्लाबाट आएका २४ सय ९२ जना क्यारेन्टाइनमा रहेको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ । गएको २४ घन्टामा २ सय ६२ जना क्वारेन्टाईनबाट डिस्चार्ज भएका छन् ।
यस्तै आज दिउँसो ३ बजेसम्ममा ५५ जना जिल्ला भित्रिएका छन् । जसमा शितगंगा नगरपालिकामा ४० जना, सन्धिखर्कमा ७ जना र मालारानी गाउँपालिकामा ८ जना थपिएका हुन् ।
सन्धिखर्क नगरपालिकामा ३ सय ४८, शितगंगा नगरपालिकामा ५ सय ४०, भुमिकास्थान नगरपालिकामा ६ सय ९९, पाणिनी गाउँपालिकामा २ सय २०, छत्रदेव गाउँपालिकामा ३ सय ३९ र मालारानी गाउँपालिकामा ३ सय ४६ जना क्वारेन्टाईनमा रहेको जिल्ला प्रशासन कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।
अर्घाखाँचीका ६ स्थानिय तहका दुईसय ४१ क्वारेन्टाईन स्थलमा पाँच हजार ४३ बेड तयार रहेका छन् ।
अर्घाखाँचीमा ४२ जना संक्रमित मध्ये सन्धिखर्क नगरपालिकाका उपमेयर ठाकुर कुमार बिक सेल्फ आईसोलेशनमा हुनुहुन्छ भने अन्य ३६ जनाको हटारिनेटा आईसोलेशनमा र ५ जनाको ढिकुरा आईसोलेशनमा उपचार भैरहेको छ । उनीहरुको स्वास्थ्य अबस्था समान्य रहेको बताइएको छ ।
अर्घाखाँचीमा संक्रमित संख्या ४४ मध्ये मृतकको संख्या २ पुगेको छ ।