-बिक्रम पाण्डे समान्ता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । कोरोना नियन्त्रणमा सरकारले अगाडि बढाएका गतिविधि प्रति असन्तुष्टी जनाउदै नेपाली काङ्ग्रेस अर्घाखाँचीले प्रधानमन्त्रीलाई ज्ञापन पत्र पेश गरेको छ ।
नेपाली काङ्ग्रेस जिल्ला सभापती बिष्णु प्रसाद खनाल मुस्कान , उपसभापति शान्ता भण्डारी , तरुण दल जिल्ला अध्यक्ष नारायण खड्का ,नेपाल बिद्यार्थी संघ जिल्ला अध्यक्ष भरत भट्टराई लगायतको टोलीले सरकारले कोरोना नियन्त्रणमा देखाएको उदासिनता , मुलुकमा भएका पछिल्ला जघन्य अपराध , जातिय भेदभाव , भस्ट्राचार जस्ता गतिविधि एवं अमानवीय ब्यबहारहरु तत्काल बन्द गर्न भन्दै प्रमुख जिल्ला अधिकारी बिजय राज पौडेल मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको हो ।
पीसीआर परिक्षणको दायरा व्यापक बढाउनु पर्ने ,आर डीटी तत्काल बन्द गर्नु पर्ने ,क्वारेन्टाइन र आइसोलेसनलाई ब्यबस्थित गर्नु पर्ने ,विभिन्न खालका भ्रष्टाचारको तत्काल छानबिन गरि कार्यबाहिको दायरामा ल्याउनु पर्ने ,अलपत्र परेका नागरिकको छिटोभन्दा छिटो उद्दार गर्नु पर्ने लगायतका माग राख्दै काङ्ग्रेसले ज्ञापन पत्र पठाएको हो ।
जिल्ला सभापती मुस्कानद्वारा हस्ताक्षरित पत्रमा भनिएको छ , ” सरकार स-सानो कुराहरुमा अल्झियो , समस्या दिनानुदिन बढ्दै गएको छ । सरकार किन यो संबेदनसिल समयमा उदासिन भयो ? ”
ज्ञापन पत्रमा अगाडि भनिएको छ । ,” देशमा सुशासन , पारदर्शी र जवाफदेहीका साथ सरकार कोरोना माहामारीको नियन्त्रणमा अग्रसर बनोस् । नेपाली जनताको भावनामा चोट पुग्ने कुनै पनि खालका गतिविधि नगरोस् । हाम्रो आग्रह छ , अन्यथा नेपाली काङ्ग्रेस यस्को बिरुद्धमा कटीबद्व भएर अगाडि बढ्ने छ ।
टोलीलाई प्रजिअ पौडेलले ज्ञापन पत्र प्रधानमन्त्री सम्म पुर्याउने प्रतिबद्धता ब्यक्त गर्नु भएको छ ।
