अर्घाखाँचीमा ४ जनाले कोरोना जिते, संक्रमितको संख्या ६२, मुत्यु हुनेमा २ जना

अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका वार्ड नं. ८ पालीकाे कमला माध्यमिक विद्यालय क्वारेन्टाइनमा काेराना पाेजिटिभ देखिएका २ जना कोरोना जितेर सन्धिखर्कको हटारीनेटा आइसोलेशनबाट आज डिस्चार्ज हुँदै १९ र ४३ वर्षीय २ युवाहरु । तस्बिर: बिनोद खनाल, सहायक प्रमुख जिल्ला अधिकारी अर्घाखाँची

अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क,  अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा काेराना पाेजिटिभ देखिएका ४ जनाले कोरोना जितेका छन् । 
गत  ज्येष्ठ १२ गते सोमवार पाणिनी गाउँपालिका  वार्ड नं. ८ पालीकाे कमला माध्यमिक विद्यालय क्वारेन्टाइनमा काेराना पाेजिटिभ देखिएका १९ र ४३ वर्षीय २ जना, ज्येष्ठ २४ गते शनिवार छत्रदेव गाउँपालिकाको  वार्ड नं. ५  छत्रगञ्ज क्वारेन्टाइनमा रहेका ४९ वर्षीय पुरूषमा काेराना पाेजिटिभ देखिएका १ जना, ज्येष्ठ २२ गते विहीवार शितगंगा  नगरपालिकाको  वार्ड नं. ४  ठाडा स्थित  ज्योति माबि क्वारेन्टाइनमा रहेका १ जनाले कोरोना जितेका छन् । 
संक्रमित ४  जना पुरुषहरुको बुधवार दोश्रो पिसिआर रिपोर्ट नेगेटिभ आएको हो ।
हटारी नेटा आईसाेलेशनमा रहेका उनिहरुको  पुन: स्वाब परीक्षणको लागि पठाइएको थियो । बुधबार उनीहरु ४ जनाको रिपोर्ट कोरोना नेगेटिभ आएको र उनीहरुलाई घरमा गएर सेल्फ क्वारेन्टाइनमा बस्ने गरी पठाईएको अर्घाखाँची अस्पतालका प्रमुख डाक्टर गौतमले बताए  ।
अर्घाखाँचीमा कोरोनाबाट संक्रमितको संख्या ६२ पुगेको छ । भने कोरोनाबाट मुत्यु हुनेको संख्या २ पुगेको छ ।

अन्य समाचारहरु