अर्घाखाँचीमा आज मात्र १०० जनाको पोजेटिभ, संक्रमित संख्या १५८, मुत्यु हुनेमा ३ जना पुग्यो

बिष्णु कुमार आले / अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम)  । अर्घाखाँची जिल्लामा आज थप १०० जनाको पिसिआर रिर्पोट पोजेटिभ आएको छ । 
पछिल्लो प्राप्त जानकारी अनुसार जिल्लाको भुमिकास्थान नगरपालीकामा ५२ जना,छत्रदेव गाँउपालीकामा ७ जना ,मालारानी गाँउपालीकामा १४ जना,शितगंगा नगरपालीकामा २२ जना र ठेगाना नखुलेका ५ जना थपिए सगै सक्रमितको संख्या जिल्लामा १५८ पुगेको जिल्ला जनस्वास्थ्य कार्यालय प्रमुख पुष्पा थापामगरले जानकारी दिईन् । 
भुमिकास्थान नगरपालीकामा ५२, २३, ५०, ४८, २५, ३२, ५२, २२, ३१, २५, १८, ३८, २०, ४७, २२, ५५,२३, २३,१७,३५, २६,४८, ३५,४,२९, २७, ३२,२७,२८, ४२,१९, २६,१२, ३१, १८, १८,२४, १९,२१,२३, २४,२३, ५२,२७, ४७, ३०,४९ र ४८ बर्षका पुरूष गरि ४९ जना र ११,२४ ,४८ बर्षका ३ महिलालाई कोरोना पुष्टि भएको हो । 
यसै गरि शितगंगा नगरपालीकामा १७, १९, २७,१९, १३,५६, ५१,४५, २३, ३९,४२,५६, २३,४५, १७,२२,३१, ३०,१९, २२,३७,२६ बर्षका पुरूष गरि २२ जना ,मालारानी गाँउपालीकामा २५,३७,१८,२२,४५,३४,२०,२०,२०,२७,२६, १९,१९ र ३० बर्षका पुरूष गरि १४ जनामा कोरोना पोजेटिभ आएको हो । 
त्यस्तै छत्रदेव गाँउपालीकामा १५,२२,२०,३४,२४,१५,३५ गरि ७ जना र ठेगाना नखुलेका २३,३५,२३,२३ र ५६ जना पुरूषमा कोरोना पुष्टि भएको हो । जिल्लाका ६ वटा पालीका मध्ये भुमिका स्थानमा ५९ जना, सन्धिखर्कमा २९ जना , शितगंगामा ३२ जना ,मालारानीमा १८ जना,छत्रदेवमा १० जना ,पाणिनीमा ५ जना र ठेगाना नखुलेका ५ जना गरि जिल्लामा १५८ जना कोरोना सक्रमित पुगेका हुन् । 
कतिपय स्थानिय तहले निर्माण गरेका आईसोलेसनको क्षमता कम छन्र भने कतिपय स्थानिय तहमा आईसोलेसन निर्माण भएका छैनन् । स्थानियतहमा प्रयाप्त क्षेमताका आईसोलेसन निर्माण भएका छैनन् । पुर्वतयारी नगर्दा एक्कासी कोरोनाका बिरामी बढेपछि स्थानिय सरकारलाई कोरोनाका बिरामी व्यवस्थापन गर्न निकै हम्मे हम्मे भएको छ ।

अन्य समाचारहरु