शितगंगामा १ जना कोरोना पोजेटिभ,अर्घाखाँचीमा संक्रमित संख्या १५९, मुत्यु हुनेमा ३ जना, निको हुने ४ जना

अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम)  । अर्घाखाँची जिल्ला शितगंगा नगरपालिका वार्ड नम्बर १० सिद्धारा क्यारेन्टाइनमा बिहीवार थप १ जनाको पिसिआर रिर्पोट पोजेटिभ आएको छ । यो सँगै अर्घाखाँचीमा कोरोना संक्रमितको संख्या १५९ पुगेको छ । भने मृत्‍यु हुनेमा ३ जना रहेका छन् । र ४ जना निको भएर सन्धिखर्कको हटारीनेटा आइसोलेशनबाट घर फर्केका छन् ।   
यस्तै भरतपुर अस्पताल कोरोना प्रयोगशालाका अनुसार आज बिहीवार ६६ जनामा सबैको पिसिआर रिर्पोट नेगेटिभ आएको छ ।
उता हिजो बुधवार अर्घाखाँचीमा १०० जनाको पिसिआर रिर्पोट पोजेटिभ आएको थियो । जसमा जिल्लाको भुमिकास्थान नगरपालीकामा ५२ जना,छत्रदेव गाँउपालीकामा ७ जना ,मालारानी गाँउपालीकामा १४ जना,शितगंगा नगरपालीकामा २२ जना र ठेगाना नखुलेका ५ जना थपिए सक्रमित थपिएका थिए । 
भुमिकास्थान नगरपालीकामा ५२, २३, ५०, ४८, २५, ३२, ५२, २२, ३१, २५, १८, ३८, २०, ४७, २२, ५५,२३, २३,१७,३५, २६,४८, ३५,४,२९, २७, ३२,२७,२८, ४२,१९, २६,१२, ३१, १८, १८,२४, १९,२१,२३, २४,२३, ५२,२७, ४७, ३०,४९ र ४८ बर्षका पुरूष गरि ४९ जना र ११,२४ ,४८ बर्षका ३ महिलालाई कोरोना पुष्टि भएको थियो । 
यसै गरि शितगंगा नगरपालीकामा १७, १९, २७,१९, १३,५६, ५१,४५, २३, ३९,४२,५६, २३,४५, १७,२२,३१, ३०,१९, २२,३७,२६ बर्षका पुरूष गरि २२ जना ,मालारानी गाँउपालीकामा २५,३७,१८,२२,४५,३४,२०,२०,२०,२७,२६, १९,१९ र ३० बर्षका पुरूष गरि १४ जनामा कोरोना पोजेटिभ आएको थियो । 
त्यस्तै छत्रदेव गाँउपालीकामा १५,२२,२०,३४,२४,१५,३५ गरि ७ जना र ठेगाना नखुलेका २३,३५,२३,२३ र ५६ जना पुरूषमा कोरोना पुष्टि भएको थियो । जिल्लाका ६ वटा पालीका मध्ये भुमिका स्थानमा ५९ जना, सन्धिखर्कमा २९ जना , शितगंगामा ३२ जना ,मालारानीमा १८ जना,छत्रदेवमा १० जना ,पाणिनीमा ५ जना र ठेगाना नखुलेका ५ जना थिए । 

अन्य समाचारहरु