सन्धिखर्कको आइसोलेसनमा रोग प्रतिरोधात्मक क्षमता बढाउन योग र आर्युबेद औषधिहरु वितरण

अशोक खनाल
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम)  । अर्घाखाँची जिल्लाको सन्धिखर्कमा  आर्युबेद स्वास्थ केन्द्र अर्घाखाँचीले आइसोलेसनमा रहेकाहरुको रोग प्रतिरोधात्मक क्षमता बढाउन विभिन्न खाले आर्युबेद औषधिहरु वितरण गरेको छ । केन्द्रले बिहीबार आमलिकी चुर्ण, अश्वागन्धा चुर्ण, यषरिमधु चुर्ण लगायतका औषधिहरु वितरण गरेको हो । औषधि हस्तान्तरण कार्यक्रममा आर्युबेद स्वास्थ केन्द्रका प्रमुख डा.अर्जुनराज शर्माले आइसोलेसनमा रहेकाहरुलाई उचित आहार ब्यवहारमा ध्यान दिदै नियमित योग प्रणायम गर्न अनुरोध गर्नुभयो।
त्यस्तै अर्घाखाँची अस्पतालका प्रमुख डा. कपिल गौतमले संक्रमण जो कोहिलाइ पनि हुन सक्छ , संक्रमण भयो भन्दैमा तनाव नलिइ नियमित सरसफाइ र उचित खानपिनमा ध्यान दिन आव्हान गर्नुभयो । केन्द्रले केही समयअघि देखि योगा क्लास समेत सञ्चालन गर्दै आईरहेको छ ।
सामाजिक विकास मन्त्रालय प्रदेश न.५ को निर्देशन अनुसार जिल्लाको हरेक क्यारेन्टाइन तथा आइसोलेशनमा पुगि त्यहाँ बसेकाहरुको लागि आर्युबेद औंषधिहरु बितरण गर्नु का साथै योग कलासहरु समेत सन्चालन गरिरहेको आर्युबेद स्वास्थ केन्द्रका कबिराज कमल प्रसाद आचार्यले जानकारी दिनुभयो ।
जिल्लामा हाल सम्म पिसिआर परिक्षणबाट ६०५ जनामा नेगेटिभ तथा १५९ जनामा पोजेटिभ रिपोर्ट आएको छ भने ४ जना उपचार पछि निको भइ घर फर्की सकेका छन् । भने मृत्‍यु हुनेमा ३ जना रहेका छन् ।  

अन्य समाचारहरु