अर्घाखाँचीकी एक युवतीद्धारा समाजसेवी सहयोगी विसीले यौन दुर्व्यवहारको प्रयास गरेको आरोप

अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम)  । अर्घाखाँची जिल्लामा एक विवाहित युवतीले समाजसेवी सहयोगी बिसीले आफु माथि यौन दुर्व्यवहारको प्रयास गरेको गम्भिर आरोप लगाएकी छिन् । 
फेसबुकबाट अश्लील शब्द लेख्दै  यौन दुर्व्यवहार गरेको भन्दै युवतीले सार्वजनिक गरेका म्यासेजहरु
जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर ८ अर्घाको बेल्टारी आपखोलाकी २७ वर्षिया समित्रा ( नाम परिवर्तन) ले मालारानी गाउँपालिका वार्ड नम्बर ५ बाँगीको बास्टारी घर भई सन्धिखर्कमा बस्ने समाजसेवी सहयोगी बिसीमाथि यौन दुर्व्यवहारको प्रयास गरेको भन्दै गम्भिर आरोप लगाएकी हुन् । 
युवतीले फेसबुकबाट बारम्बार अश्लील शब्द पठाउदै आफुलाई यौन दुर्व्यवहार, बलात्कारको प्रयास गरेको भन्दै बाउको उमेर सरहका बिसीलाई कानुनी कारबाही गर्न माग गरेकी छन् । 
फेसबुकबाट अश्लील शब्द लेख्दै  यौन दुर्व्यवहार गरेको भन्दै युवतीले सार्वजनिक गरेका म्यासेजहरु
युवतीले अर्घाखाँचीडट्कमलाई बताए अनुसार बुधवार अर्घाखाँचीबाट भैरहवा हस्पिटलमा विरामी दिदीलाई भेटन् बिसीलाई गाडी मिलाइदिन अनुरोध गरेकी र भैरहवा जाने एम्बुलेन्स मिलाए बापत आफुलाई यौन संपर्क गर्न दिनुपर्ने  नत्र नछोड्ने भनी धम्की दिएका छन् । यस्तै गत जेठ १३ गते लकडाउनको बेला आफु बिमारी भएकोले भैरहवाबाट अर्घाखाँची आउनको लागि पनि एम्बुलेन्स व्यवस्था गरिदिएका बिसीले निरन्तर यौन दुर्व्यवहार भन्दै न्याय मागेकी हुन् । 
समित्राले सहयोगी बिसी समाजसेवी, सबैलाई चिनेको भन्दै आफुलाई गाडी मिलाइदिन भन्दै सहयोग  मागेको बताइन् । तर उसले सहयोग गरे वापत यस्तो यौन दुर्व्यवहार गर्‍यो । बिसीले दुबै पटक गाडी एम्बुलेन्सलाई भनि दिएको तर पैसा भने आँफैले तिरेको युवतीले बताईन् । 
युवतीले सार्वजनिक गरेका म्यासेज अनुसार बिसीले यस्तो लेख्छन्:- (युवतीले यि म्याजेस लेख्दा बेल्टारी भएको जानकारी गराएको देखिन्छ)
 युवती: भनिदिनु न कुनै गाडी बुटवल जाने भरै 
बिसी: अर @@@ उ भन — मलाई दिने हो कि होइन ?
युवती: के 
बिसी: त्यही ?
युवती: के
बिसी: मलाई दिने हो कि होइन ?
युवती: के
बिसी: त्यही ?
युवती: के
बिसी: **** ( यौन अंग) चाहियो,, छिराउन केही हुन्, दुबैलाई सार पर्दछ ।  
युवती: थुक्क
युवती: लाज छैन् 
बिसी: के को लाज त्यही — ( यौन सम्बन्ध) त छोरा पाइस 
युवती: समाजसेवी जस्तो भएर एउटा छोरी जस्तो मान्छेलाई यस्तो भन्ने 
बिसी: के को लाज – के छोरी होस र — के हुन्छ र ? तलाई पनि चाहिएहोला। कहिले देखि गरेकी छैनस – कर्तव्य पुरा गएको छु — छिराउन केही हुन्   
बिसी: हो वास्तविक कुरा हो । — — ( यौन सम्बन्ध नराखी) छोडदिन । 
युवती: मलाई होइेन यो भन्ने आफ्नो बुढी अनी छोरीलाई भन्नुस् के अंकल 
बिसी: बुडिलाई त गरेकै छु । अब तिमीलाई गर्ने हो । 
युवती: अर्घाखाँचीको एउटा समाजसेवी मान्छे भएर यस्तो घटिया कुरा गर्न अली लाज छैन् थुक्क  
बिसी: केही हुन्न मजा आउन्छ 
युवती: धेरै ओभर नबोल्नुस् फल्टु फेरी जिल्ला कै बेईजेत होला  
बिसी: बेला बेलामा तिमिले र मैले गर्ने हो । 
युवती: SMS फेसबूकमा पोस्ट गरिदेउ
बिसी: होर लौ गरिदिउ न ।
युवती: भर पनि छैन्
बिसी: लौ हेरम त हेरम – मलाई धम्की ?
युवतीलाई बिसीले गरेका पटक – पटक गरेका फोन डिटेल्सहरु र आफ्न्तले गरेको अनुरोध
पीडित युवतीले आफुलाई फेसबूक म्यासेज, फोनबाट यौन दुर्व्यवहार गरी धम्की दिएपछि डर र त्रासमा बस्न वाध्य भएको बताइएकी छन् । उनले आफुलाई यौन दुर्व्यवहार गरी धम्की दिएपछि वाध्य भएर न्यायका लागि  उक्त घटना आफ्नो फेसबूक पेजमा पोस्ट गरेकी थिईन् तर उक्त पोस्ट गरेपछि बिसीले बारम्बार फोन र म्यासेज गरी हटाउन दवाब दिएका र युवतीका नजिकका मान्छेले दिनभर दवाद दिएपछि डराएर हटाएको बताईन् । यस्तै युवती बिहीवार भैरहवाबाट आउँदै गर्दा बिसीले बगैचामा गाडी रोकाएर किन पोस्ट गरेकी, घरबाट छोराले गाली गरेको भन्दै चुप लागेर बस्न धम्की दिएको बताईन् ।  
युवतीलाई बिसीले गल्ती स्वीकार गर्दै पटक – पटक गरेका म्यासेजहरु
उता आफ्नो फेसबूक कसैले ह्याक गरेर म्यासेज गरेको भनेता पनि उक्त घटना सार्वजनिक गरेपछि सहयोगी बिसीले युवतीलाई आफु बिहान रक्सीले मातिएर उक्त म्यासेज लेखेको भनी गल्ती स्वीकार गरेका छन् । उनले लेखेका छन्;  आफुले गल्ती गरेको, सरि देउ, मैले आजसम्म सहयोग गरेको पुरस्कार यही हो त ? म फेरि चाहिदैन र ? भन्दै निरन्तर फोन र म्यासेज गरी माफ मागेका देखिन्छन् । यस्तै उनले दिसा पुछेको टालो त काम लाग्छ रे मान्छे त हुँ समेत लेखी म्यासेज गरेका छन् । 
बिसीले आफ्नो घटना बाहिरिने डरले बिहानैदेखि फोन म्यासेज गरेपछि युवतीले फोन र फेसबूकमा ब्लक गरिदिएकी छन् । सुमित्राले आफ्नो बिहे नहुँदै केही वर्ष अगाडि एस.एल.सी दिएपछि सन्धिखर्कको नयाँ एफ.एम रेडियोमा एक हप्ते रेडियो तालिम लिदाको समयमा बिसीलाई चिनेकी थिईन् । आफुले चिनेको र समाजसेवी भनेर सधैं बिसीसँग सहयोग माग्ने गरेको उनले बताईन् ।  उता युवतीले विसी विरुद्द उजुरी दिने बताएकी छन् । उनले आफुलाई अर्घाखाँचीका केही  महिलालाई गुहारे पनि कसैले पनि आफ्नो पिडा नसुनेको बताईन् । विवाहित समित्राका ४ वर्षिय छोरा पनि छन् । उनले शितगंगा नगरपालिका १ सुवर्णखाल मन्द्रे विवाह गरेता पनि श्रीमानसँग सम्बन्ध विच्छेद प्रक्रियामा रहेको बताईन् । यस्तै उनकी दिदी भैरहवाबाट उपचार गरी अहिले बेल्टारीमा फर्केको उनले बताईन् । 
यस्तै जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले यौन दुर्व्यवहार बारेमा अहिलेसम्म कुनै उजुरी नपरेको र मुद्दा दर्ता भएमा प्रकाउ गरी मुलुकी अपराध संहिता ऐन २०७४ अनुसार कारबाही गर्ने बताएको छ ।    
उता मुलुकी अपराध संहिता ऐन अनुसार विद्युतीय माध्यमबाट अश्लील शब्द लेख्ने, फोटो वा चित्र देखाएमा यौन दुर्व्यवहार गरेको मानिने र तीन वर्षसम्म कैद र तीस हजार रुपैयाँसम्म जरिवाना हुने प्रावधान छ। 
पीडित युवतीले गरेका पोस्ट, घटनाका विवरण र आफन्तले पोस्ट हटाउन गरेका अनुरोधहरु

नोट: माथिको पुरा समाचार युवती आँफैले अर्घाखाँचीडट्कमलाई जानकारी, भनाई, उपलब्ध गराएका विवरण अनुरोध जस्ताको त्यस्तै मात्र प्रकासित गरिएको हो ।

अन्य समाचारहरु