अर्घाखाँचीडट्कम संवाददाता
ठाडा, अर्घाखाँची । अविरल वर्षाका कारण अवरुद्ध सन्धिखर्क-गोरुसिंगे सडक सुचारु भएको छ । शितगंगा नगरपालिकाको सितापुर र नरपानीको बीचमा पर्ने एक्ले खेतमा सडक माथिबाट पहिरो खसेका कारण शुक्रवार विहानैदेखि गाडी अबरुद्द भएका थिए । चलेका छैनन् ।
सडक इलाका प्रहरी कार्यालय ठाडाका प्रहरी निरीक्षक बावुराम बस्नेतको नेतृत्वमा खटिएको प्रहरीको टोली अवरोध हटाउन खटिएको थियो । बिहानइदेखि डोजर लगाएर सडक सुचारु गरिएको छ ।