लक्ष्मण घिमिरे
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँचीका छुट्टाछुट्टै स्थानबाट लडेर दुई जनाको मृत्यु भएको छ । सन्धिखर्क नगरपालिका र मालारानी गाउँपालिकामा भएका छुट्टाछुट्टै घटनामा भीरबाट लडेर २ जनाको मृत्यु भएको हो ।
खेतमा रोपाँई गरी फर्कने क्रममा मालारानी गाउँपालिका–५ बाँगीको आरुखोला निवासी ४९ बर्षिय मन बहादुर खत्रीको घर नजिकै बाटोदेखि अन्दाजी ५० मिटर तल खस्न गई मृत्यु भएको हो । घाईते भएका उनको उपचारको लागि जिल्ला अस्पताल सन्धिखर्क ल्याउने क्रममा बाटो मै मृत्यु भएको स्थानियले बताएका छन् ।
यस्तै सन्धिखर्क नगरपालिका वडा नम्बर–२, किमडाँडाको भलायडाँडा निवासी ५५ बर्षिय बसन्त कुमालको सन्धिखर्कको सुस्त मनस्थिति स्कुलको भवन निर्माणको काम गर्ने क्रममा लडेर मृत्यु भएको छ । लडेर घाइते भएकोमा उपचारको लागि बुटवल लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीका सुचना अधिकारी प्रहरी निरिक्षक प्रकाश खत्रीले जानकारी दिए ।