पाणिनीमा ४, शितगंगामा २ जना कोरोना पोजेटिभ,अर्घाखाँचीमा संक्रमित संख्या १६५, मुत्यु हुनेमा ३ जना, निको हुने ४ जना

अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम)  । अर्घाखाँची जिल्लाको पाणिनीमा ४, शितगंगामा २ जना गरी ६ जनामा कोरोना पोजेटिभ देखिएको छ । 
शुक्रबार पुष्टि हुनेमा पाणिनी गाउँपालिका-७ अडगुरीका २२ वर्षीया आमा, २४ वर्षका बाबु र एक महिनाकी छोरीमा कोरोना सङ्क्रमण भएको छ ।
त्यस्तै, शीतगङ्गा नगरपालिका-१२ का वर्ष ३० र अर्का २१ वर्षका पुरुष तथा पाणिनी गाउँपालिका-१ का २२ वर्षका पुरुषमा कोराेना सङ्क्रमण भएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी विजय विकले जानकारी दिनुभयो ।
 यो सँगै अर्घाखाँचीमा कोरोना संक्रमितको संख्या १६५ पुगेको छ । भने मृत्‍यु हुनेमा ३ जना रहेका छन् । र ४ जना निको भएर सन्धिखर्कको हटारीनेटा आइसोलेशनबाट घर फर्केका छन् ।
यसअघि शितगंगा नगरपालिका वार्ड नम्बर १० सिद्धारा क्यारेन्टाइनमा बिहीवार थप १ जनाको पिसिआर रिर्पोट पोजेटिभ आएको थियो ।   
यस्तै भरतपुर अस्पताल कोरोना प्रयोगशालाका अनुसार हिजो बिहीवार ६६ जनामा सबैको पिसिआर रिर्पोट नेगेटिभ आएको थियो ।
उता बुधवार अर्घाखाँचीमा १०० जनाको पिसिआर रिर्पोट पोजेटिभ आएको थियो । जसमा जिल्लाको भुमिकास्थान नगरपालीकामा ५२ जना,छत्रदेव गाँउपालीकामा ७ जना ,मालारानी गाँउपालीकामा १४ जना,शितगंगा नगरपालीकामा २२ जना र ठेगाना नखुलेका ५ जना थपिए सक्रमित थपिएका थिए । 
भुमिकास्थान नगरपालीकामा ५२, २३, ५०, ४८, २५, ३२, ५२, २२, ३१, २५, १८, ३८, २०, ४७, २२, ५५,२३, २३,१७,३५, २६,४८, ३५,४,२९, २७, ३२,२७,२८, ४२,१९, २६,१२, ३१, १८, १८,२४, १९,२१,२३, २४,२३, ५२,२७, ४७, ३०,४९ र ४८ बर्षका पुरूष गरि ४९ जना र ११,२४ ,४८ बर्षका ३ महिलालाई कोरोना पुष्टि भएको थियो । 
यसै गरि शितगंगा नगरपालीकामा १७, १९, २७,१९, १३,५६, ५१,४५, २३, ३९,४२,५६, २३,४५, १७,२२,३१, ३०,१९, २२,३७,२६ बर्षका पुरूष गरि २२ जना ,मालारानी गाँउपालीकामा २५,३७,१८,२२,४५,३४,२०,२०,२०,२७,२६, १९,१९ र ३० बर्षका पुरूष गरि १४ जनामा कोरोना पोजेटिभ आएको थियो । 
त्यस्तै छत्रदेव गाँउपालीकामा १५,२२,२०,३४,२४,१५,३५ गरि ७ जना र ठेगाना नखुलेका २३,३५,२३,२३ र ५६ जना पुरूषमा कोरोना पुष्टि भएको थियो । जिल्लाका ६ वटा पालीका मध्ये भुमिका स्थानमा ५९ जना, सन्धिखर्कमा २९ जना , शितगंगामा ३२ जना ,मालारानीमा १८ जना,छत्रदेवमा १० जना ,पाणिनीमा ५ जना र ठेगाना नखुलेका ५ जना थिए । 

अन्य समाचारहरु