हिम लेकाली
सन्धिखर्क, अर्घाखाँची असार ५ । स्वास्थ्य कार्यालय अर्घाखाँची काे समन्वय र लुम्बिनी सामाजिक विकास केन्द्रकाे साझेदारिमा सन्चालित सुहारा कार्यक्रम अन्तरगत सन्धिखर्कमा आज काेराेना भाईरस काेभिड १९ सम्वन्धि जिल्ला स्तरिय अभिमुखिकरण कार्यक्रम सन्धिखर्कमा सम्पन्न भएकाे छ ।
स्वास्थ्य कार्यालय प्रमुख पुस्पा थापाकाे अध्यक्षता र जिल्ला समन्वय समिति प्रमुख पिताम्वर शर्मा काे प्रमुख अातिथ्यतामा
सम्पन्न कार्यक्रमकाे सहजिकरण डा.समीर थपलिया, स्वास्थ्य कार्यालयका गणेशराज पाैडेल , लुम्बिनी सामाजिक विकास केन्द्र संयाेजक हरि पाैडेलले गर्नु भयकाे थियाे ।
कार्यक्रममा जिल्लामा काेराेना भाईरसकाे प्रभाव ,एसबाट बच्ने उपाए र सराेकारबाला निकायकाे भुमिका र जिम्मेवारी बारे प्रकाश पारिएकाे थियाे ।
कार्यक्रमा शुरक्षा निकायका प्रमुख ,विभिन्न कार्यालयका प्रमुख तथा प्रतिनिधिहरू , स्थानीय तहका जन प्रतिनिधिहरू, प्रत्येक पालिकाका स्वास्थ्य प्रमुखहरू ,पत्रकार लगायतकाे सहभागिता रहेकाे थियाे ।
जन स्वास्थ्य निरिक्षक गणेशराज पाैडेलकाे स्वागतमा सम्पन्न कार्यक्रमकाे सन्चालन स्वास्थ्य कार्यालयका बिजय वराल गर्नु भएको थियाे ।