अबिरल बर्षाका कारण अर्घाको नौउलापानीमा निर्माण हुन लागेको पुलमा ठुलो क्षति (भिडियो, फोटो)
आषाढ़ ६ गते, २०७७ मा प्रकाशित
सुर्य भुसाल
अर्घा, अर्घाखाँची । अबिरल बर्षाका कारण सन्धिखर्क नगरपालिका वार्ड नम्बर ९ अर्घाको नौउलापानीमा निर्माण हुन लागेको पुल मा ठुलो क्षति पुगेको छ ।
डिभिजन सडक कार्यलय सिवपुर कपिलवस्तु ले निकालेको टेन्डर प्रक्रिया मार्फत पुल को निर्माण गर्ने जिम्मा मोतिदान पिटिअार अधिकारी कन्ट्रकसन ले लिएको थियो । झन्डै ५० प्रतिशत काम सम्पन्न भएको पुल निर्माण कार्यको अब १५ दिनमा ढलान गर्ने तैयारी गरिएको पिटिअार अधिकारी कन्ट्रकसनका सन्चालक बरिस्ठ निर्माण ब्यबसाहि ऋषिराम अधिकारी ले बताउनु भयो ।
बिश्वब्यापी फैलिएको कोरोना रोगका कारण मुलुकमा लकडाउन भएपछि काम गर्न अबरुद्ध भएको कारण काममा ढिलाइ भएपछि हिजो बाट परेको अबिरल बर्षाले गर्दा पुललाई क्षेतबिक्षेत पार्दा झन्डै ४० लाखको क्षति भएको ऋषिराम अधिकारिको भनाई छ ।
पुलको अब सुरुवाट नै काम गर्नु पर्ने अबस्था छ । पुल क्षेत बिक्षेत पारेको खबर पाउन साथ सन्धिखर्क नगरपालिका का नगरप्रमुख कमल प्रसाद भुसाल प्रहरि नायब उपरीक्षक माधब बुढाथोकी शस्त्र प्रहरि नायब उपरीक्षक माधब रेग्मी सहितका सुरक्षा अधिकारिहरु उधोग बाणिज्य सघका केन्द्रीय सदस्य कृस्ण प्रसाद श्रेष्ठ युवा निर्माण ब्यबसाहि बसन्त भुसाल उधोग बाणिज्य सघका माहासचिब प्रदिप मिश्र वार्ड नम्बर २ का अध्यक्ष मोतिजङ रायमाझि ९ का अध्यक्ष देबि बहादुर खडका निर्माण ब्यबसाहि सघका उपाध्यक्ष कबिराम खनाल सहितका ब्यबसाहि हरु नौउलापानि पुगेका थिए ।