अर्घाखाँचीमा अविरल वर्षाका कारण ठुलो जनधनको क्षति (भिडियो, फोटो सहित)

२०७७ आषाढ ६, शनिवार मा प्रकासित
अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम)  । शुक्रबार रातिदेखिको लगातार परेको अविरल वर्षाका कारण अर्घाखाँची जिल्लामा ठुलो जनधनको क्षति भएको छ ।
अविरल वर्षाले अर्घाखाँचीको सन्धिखर्क नगरपालिका-६ नरपानीको जगतामा पहिरो गएको छ । पहिरोले घरगोठ भत्काउँदा १५ लाखभन्दा बढीको क्षति भएको छ । नरपानीको जगात निवासी थानबहादुर महत्राको घरगोठ पहिरोले बगाउँदा गोठमा रहेको लैनो भैंसी, एक बाख्रा, २ वटा खसी, कोठामा रहेको २ लाख नगद , ८ तोला सुन, लत्ता कपडा तथा खाद्यान्न सबै पुरिएको छ । पहिरोले १५ लाख बराबरको क्षति भएको वडा अध्यक्ष कृष्ण बहादुर आचार्यले बताए । नरपानीकै भुजुंगो गाउँ पहिरोले चिरा परेपछि ६ जना परिवारले घर छाडेका छन् ।
यस्तै जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर ७ खाँचीकोटको जनजीवन अस्तव्यस्त भएको छ । डिहिडाँडामा रहेको चन्द्र प्रभाको तल्लो भवन जिड क्वारेन्टाईनमा रहेका स्थानिय जोखिममा परेका छन् । लगातार परेको अविरल वर्षाका कारण  खाँचीकोटको डिहिडाँडामा रहेको चन्द्र प्रभाको तल्लो भवन  भत्किँन लाग्दा क्वारेन्टाईनमा रहेका स्थानिय जोखिममा परेका हुन् । खाँचीकोटका फजेङखोलाका  राम बहादुर पाण्डे, सिता केसी, सिमा केसीका ३ वटा घर माथिबाट पहिरो जाँदा जोखिममा रहेका परेका छन् । पहिरोका कारण तिन घरका परिवार त्यो ठाउँबाट बसाइँसराइ गरेका छन् ।

बर्षाका कारण सन्धिखर्क नगरपालिका वार्ड नम्बर ९ अर्घाको नौउलापानीमा निर्माण हुन लागेको पुलमा ठुलो क्षति पुगेको छ । यस्तै अबिरल कर्षाका कारण अर्घाखाँचीको  पाणिनी गाउँपालिकाको  दुर्गाखोलामा निर्माण हुन लागेको पुलमा बाढीले ठुलो क्षति पुराएको छ । सालझन्डी सन्धिखर्क ढोरपाटन सडक अन्तरगत दुर्गाखोलामा निर्माण हुन लागेको सो पुलमा ठुलो बाढि आएपछि धेरै सामानहरु खोलाले बगाएर लैजादा लाखौंको क्षति भएको पुलको काम गर्ने जिम्मेवारी पाएको अर्घाखाँची पुस्पाजेभिका सन्चालक बरिस्ट निर्माण ब्यबसायी नारायण प्रसाद बन्जाडेले जानकारी दिनु भयो  ।
उता पत्रकार बिष्णु कुमार आले अनुसार शितगंगा ४ पोखडाँडा निवासी जोग बहादुर बेल्बासे (पान बहादुर बेल्बासे ) को घर पहिरोले पुरेको छ । घर माथीबाट एक्कासी पहिरो आएको देखेपछि घरमा बस्दै आएकी ६७ बर्षिय एक महिला भागेर ज्यान बचाउन सफल भएकी छन् । घरमा भएको लत्ताकपडा , अन्नपात, नगद जिन्सी सामाग्री पहिरोले घर पुरेपछि नष्ट भएको छ । सोहि ठाँउकै सालिकराम जिसीको घर पहिरोले पुरेपछी ज्यान जोगाउन जिसीको परिवार छिमेकीको घरमा सरेकाे स्थानिय बिजय आचार्यले जानकारी दिए । उता अमराई गोर्थुम निवासी दिपक बिकको घर पहिरोको उच्च जोखिममा परेको छ । जिल्लाको पाणिनी १ पणेना सिम्ले निवासी डोलराज गौतमको घर पनि पहिरोले परेको छ । घर माथी र घरको आगनबाट ठुलो पहिरो गएपछि गौतमको परिवार ज्यान जोगाउन अन्यत्र गएका छन् । उनिहरू छिमेकीको घरमा सहारा लिएर बसेका छन् ।
पाणिनि गाउँपालिका–६ धातीवाङमा ३ घरपरिवार विस्थापित भएका छन् । पानी परिरहेको बेला जमिन चिरा परेपछि घर छाडेर छिमेकीको शरणमा रहेको प्रहरी निरीक्षक प्रकाश खत्रीले बताए । ६ नम्बर वडासदस्य खगिश्वर पौडेलका १५ सय कुखुरा भएको फार्म बगाएर लग्दा १५ लाख रुपैया बराबरको क्षती भएको छ । गाडीचालक समेत रहेका स्थानीय हाडहाडेकै २० बर्षिय प्रदिप पुन सन्धिखर्कमा उपचारका क्रममा निधन भएको छ ।
उता देउराली यातायातको लु १ ज ३९७९ नम्बरको जीप पुरिदा २ जनाको ज्यान गएको छ भने ४ जना घाइते भएका छन् । जिल्लाको धुर्कोट गाउँपालिका वडा नम्बर ३ हाडहाडे निवासी अन्दाजी १८ बर्षिया तुल्सीराम काउछा र
सन्धिखर्क–गोरुसिंगे सड्कखण्डमा नरपानी, शीतगंगाका कयौ ठाउँमा पहिरो जाँदा अवरुद्ध भएको छ । यस्तै सदरमुकामबाट गाउँमा जाने दर्जनौ कच्ची सडक पनि बाढीपहिरोले अवरुद्ध भएका छन् ।

मालारानी गाउँपालिका वार्ड नम्बर ५ मा 

अन्य समाचारहरु