सन्धिखर्कको आइसोलेसनमा रोग प्रतिरोधात्मक क्षमता बढाउन पतंजली आर्युबेद औषधिहरु वितरण

अर्घाखाँचीडट्कम संवाददादाता 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम)  । अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्क स्थित युवाबर्ष जनता रविचित्र मावी हटारीनेटा आइसोलेसनमा रहेकाहरुलाई पतंजली योग समिति अर्घाखाँचीले  रोग प्रतिरोधात्मक क्षमता बढाउन विभिन्न खाले आर्युबेद औषधिहरु वितरण गरेको छ । 
समितिले आईतबार जडीबुटीहरु गुर्जो, सप्तवुटीहरु र डावर नेपालको जडिबुटीबाट बनेको चेयनपरासहरु लगायतका औषधिहरु वितरण गरेको हो । 
औषधि हस्तान्तरण कार्यक्रम सन्धिखर्क नगर प्रमुख कमल प्रसाद भुसाल, प्रमुख जिल्ला अधिकारी बिजयराज पौडेल, जिल्ला जनस्वास्थ्य प्रमुख डा .कपिल गौतम अर्घाखाँची उधोग बाणिज्य संघका अध्यक्ष युबराज श्रेष्ठ, अर्घाखाँची शिक्षा क्याम्पसका प्रमुख श्रीकृष्ण भुसाल, सोही बिधालयका प्र।अ।टेकराज आचार्य, पतंजली योग समितिका केन्द्रीय सदस्य शान्ता खत्री लगायतका पदाधिकारीहरुको उपस्थितमा सम्पन्न भएको थियो । 
त्यस्तै अर्घाखाँची अस्पतालका प्रमुख डा. कपिल गौतमले संक्रमण जो कोहिलाइ पनि हुन सक्छ , संक्रमण भयो भन्दैमा तनाव नलिइ नियमित सरसफाइ र उचित खानपिनमा ध्यान दिन आव्हान गर्नुभयो । 
यहाँ ३२ जना कोरना संक्रमितहरु छन् । 

अन्य समाचारहरु