अर्घाखाँचीडट्कम संवाददाता
सुपादेउराली, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । शुक्रबार रातिदेखिको लगातार परेको अविरल वर्षाका कारण खाँचीखोलामा पहिरो जाँदा अर्घाखाँची जिल्लाको सन्धिखर्क – गोरिसिङ्गे सडक खण्ड अझै खुल्न सकेको छैन् ।
सन्धिखर्क – गोरिसिङ्गे सडक खण्डको खाँचीखोला माथिको उकालोमा झरेको पहिरोले गर्दा आज आईतबार दिनभर पनि सडक खुल्न नसकेको हो ।
अहिले खाँचिखोला माथिको उकालोमा झरेको पहिरो हटाउने प्रयास गरिएपनि आज सडक खुल्ने अवस्थ्य न्यून रहेको स्थानिय पत्रकार सचिन बोहोराले डट्कमलाई बताए ।
अविरल वर्षाका कारण सन्धिखर्क – गोरिसिङ्गे सडक खण्डका विभिन्न ठाउँमा पहिरो गएको छ । सडक बन्द हुँदा सवारीसाधन आवतजावत गर्न पाएका छैनन् ।
यस्तै शुक्रबार रातिदेखिको लगातार परेको अविरल वर्षाका कारण अर्घाखाँची जिल्लामा ठुलो जनधनको क्षति भएको छ ।