सन्धिखर्कमा १०, छत्रदेवमा ६ जना कोरोना पोजेटिभ, अर्घाखाँचीमा संक्रमित संख्या १९०, मुत्यु हुनेमा ३ जना

अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम)  । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिकामा १० जना र छत्रदेव गाउँपालिकामा ६ जना गरि १६ जनामा कोरोना पोजेटिभ देखिएको छ । यो सँगै अर्घाखाँचीमा कोरोना संक्रमितको संख्या १९० पुगेको छ । भने मृत्‍यु हुनेमा ३ जना रहेका छन् । र ५ जना निको भएर सन्धिखर्कको हटारीनेटा आइसोलेशनबाट घर फर्केका छन् ।
राष्ट्रिय जनस्वास्थ्य प्रयाेगशाला टेकु काठमाण्डाैमा गरिएकाे परिक्षणमा सन्धिखर्क नगरवरपालिकामा १० जना र छत्रदेव गाउँपालिकामा ६ जना गरि १६ जनामा काेराेना संक्रमण पुष्टि भएकाे हाे।
शुक्रबार ६ जनाको कोरोना पोजेटिभ देखिएको थियो ।  पुष्टि हुनेमा पाणिनी गाउँपालिका-७ अडगुरीका २२ वर्षीया आमा, २४ वर्षका बाबु र एक महिनाकी छोरीमा कोरोना सङ्क्रमण भएको थिए ।
त्यस्तै, शीतगङ्गा नगरपालिका-१२ का वर्ष ३० र अर्का २१ वर्षका पुरुष तथा पाणिनी गाउँपालिका-१ का २२ वर्षका पुरुषमा कोराेना सङ्क्रमण भएको थिए ।  

अन्य समाचारहरु