सुर्य भुसाल
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाका प्रहरी नायब उपरीक्षक माधब बुढाथोकीले जिल्लामा शान्ति सुरक्षा अमन चयन कायम गर्न प्रहरी सक्षम रहेको बताउनु भएको छ ।
अर्घाखाँची जिल्ला प्रहरी कार्यालयको कमान्ड समालेसँगै जिल्लाको भौगोलिक अबस्था अर्घाखाँची जिल्लाको बस्तुस्थिति बुझेपछि पत्रकारसँग कुराकानी गर्दै प्रहरी नायब उपरीक्षक माधब बुढाथोकीले जिल्लामा देखिने हरेक प्रकारका विकृति बिसङगतिको अन्तय चोरी निकासी अन्त्य गर्न सबै प्रहरी युनिटहरुलाई निर्देशन दिएको बताउनु भयो ।
बुढाथोकीले प्रहरी कर्मचारीहरुलाई कसैको दवाब प्रभाबमा नपरी काम आफुले निर्देशन गरेको बताउनु भयो । उहाले राम्रो काम गर्नेलाई पुरस्कृत नराम्रो गर्नेलाई दन्ड जरिवाना गर्ने बताउदै सबै ठाउँमा जनताले प्रत्यक्ष अनुभुति गर्ने गरि शान्ति शुरक्षा कायम गर्न प्रहरी सक्षम रहेको बताउनु भयो ।
जिल्लामा हुने हरेक प्रकारका विकृति बिसङगति जुवातास अनियमितता चोरी निकासीको पुर्ण रुपमा अन्त्य गर्ने गरि प्रहरी परिचालन गरेको बुढाथोकीले बताउनु भयो ।
अनुसन्धानमा बिशेष दखल राख्ने बुढाथोकी प्रहरी भित्रका राम्रो कमान्ड गर्न सक्ने सक्ने छबिका प्रहरी अधिकृतको रुपमा चिनिन्छन् ।
अन्यत्र जिल्लामा समेत प्रहरी प्रमुख रहदा निकै राम्रो काम गरेका बुढाथोकी अर्घाखाँची आएपछि यहाँको शान्ति सुरक्षा निकै मजबुत हुनेमा जिल्लाबासी आशावादी छन् । डिएसपी बुढाथोकी जिल्लामा आएपछि नयाँ सुरक्षा रणनीति बनाउदै अगाडि बढिरहेका छन् ।