अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा काेराना पाेजिटिभ देखिएका थप २९ जनाले कोरोना जितेका छन् ।
सदरमुकाम सन्घिखर्कमा रहेकाे युवा बर्ष रविचित्र मावि आईसाेलेसनमा रहेका २९ जनाको दोश्रो पिसिआर रिपोर्ट नेगेटिभ आएको हो ।
यसअघि ४ जनाले कोरोना जितेका थिए ।
उता आईतबार जिल्लाको मालारानी गाउँपालिकामा ४९, सन्धिखर्क नगरपालिकामा १० जना र छत्रदेव गाउँपालिकामा ६ जना गरि ६५ जनामा कोरोना पोजेटिभ देखिएको छ । यो सँगै अर्घाखाँचीमा कोरोना संक्रमितको संख्या २३९ पुगेको छ । भने मृत्यु हुनेमा ३ जना रहेका छन् ।