२०७७ वैशाख २३, मंगलवारमा प्रकाशित
अर्घाखाँचीडट्कम संवाददाता
शारजाह, युएई । अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका वार्ड नं ३ धारापानी हिलेको बन्जाडे टोलाका एक युवा युएईमा काेराेनाबाट संक्रमित भएका छन् ।
धारापानी हिलेको बन्जाडे टोलाका ३६ वर्षिय गाेविन्द बन्जाडे युएईमा काेराेनाबाट संक्रमित भएका हुन् ।
अर्घाखाँचीका गाेविन्दले अर्घाखाँचीडट्कमलाई युएईको शारजाह कोविड-१९ अस्पतालबाट बताए अनुसार १३ दिनदेखि आइसोलेसनमा रहेको र अबको २,३ दिनमा डिस्चार्ज हुनेछन् । २० दिन अगाडि सामान्य ज्वरो लक्षण देखा परी अस्पताल चेक गराउन जाँदा काेराेनाबाट संक्रमित भएको पुष्टि भएको थियो ।
शारजाह एअरपोर्टमा काम गर्ने गाेविन्दले आफु अहिले स्वस्थ पूर्ण रुपमा ठिक रहेको बताए। आइसोलेसनमा सम्पूर्ण सुविधा रहेको बताए। साथै उनले उक्त कोविड-१९ अस्पतालमा अन्य धेरै नेपालीहरु संक्रमित भएर आइसोलेसनमा रहेको बताए । तर अर्घाखाँचीबासी कोही नभएको बताए ।
उता गाेविन्दले सबैलाई नआतिन, सजक रहन, घरमै बसी सुरक्षित रहन आग्रह गरेका छन् ।