अर्घाखाँचीका बिष्णु प्रसाद न्यौपानेको कुवेतमा मृत्यु
आषाढ़ ९ गते, २०७७ मा प्रकाशित
न्यौपानेको श्वास-प्रस्वासमा केही समस्या थियो तर मृत्युको कारण थाहा हुन सकेको छैन् ।
२०७७ वैशाख २४, बुधवारमा प्रकाशित
अर्घाखाँचीडट्कम संवाददाता
कुवेत । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वार्ड नम्बर ५ जुकेनाको धनचौरका बिष्णु प्रसाद न्यौपानेको कुवेतमा मृत्यु भएको छ।
परिवारले तस्बिर सहित डट्कमलाई जाकारी गराए अनुसार जुकेनाको धनचौरका ४१ बर्षिय बिष्णु प्रसाद न्यौपानेको आज मे ६ तारिक बुधबार बिहान कुवेतको आदान अस्पतालमा मृत्यु भएको हो ।
मृतकको ग्लोबल मोर्डन फ्यासिलिटी मेनेज्मेन्ट(GMFM) कम्पनीमा कार्यरत सहकर्मीहरुले बताए अनुसार भने “महाबुल्लामा फुल लकडाउनमा बसेकै बेला ६ दिन अघि श्वास-प्रस्वासमा केही समस्या भएपछि बिष्णुलाई महाबुल्लाकै अस्पताल पुर्याइएको र त्यहाँबाट सोही दिन कोरोना आदान अस्पताल रिफर गरिएको थियो। बिष्णुलाई सर्जिकल वार्डको आईसियूमा राखिएको थियो ।
नेपाली राजदूतावासका दितिय सचिब श्रीकृष्ण सिलवालले ग्लोबल मोर्डन फ्यासिलिटी मेनेज्मेन्ट कम्पनिमा कार्यरत न्यौपानेको मृत्युको पुष्टि भएको बताए।उनले भने”सम्बन्धित कम्पनीले मृतकको राहदानी सहित दूतावासमा सम्पर्क गरेकोले अन्य कानुनी प्रक्रिया शुरु गरिसकिएको छ।”
जुकेनाको धनचौर घर भएका बिष्णु प्रसाद न्यौपानेको परिवार कपिलवस्तुको बुद्दिभूमी नगरपालिका-२ गोरुसिंङेमा बसोबास गर्दै आएका छन् ।
बिगत ३ वर्ष देखि कुवेतमा कार्यरत मृतक बिष्णुको श्रीमति चन्द्रकला न्यौपाने पनि सोही कम्पनिमा कार्यरत रहेकी छन। उनिहरुको २ छोरा भने काठमान्डौंमा पढाईका क्रम रहेका छन।
साथै मृतक बिष्णु सहित अन्य ११ जनाको भिसा आगामी जुलाई ५ मा सकिदै गरेको र भिसा नवीकरणका लागि प्रती ब्यक्ति ४१० केडि कम्पनिले मागेको थियो ।
पैसा तिर्न नमानेपछि सबै कामदारहरुलाई दुई महिना देखि कोठामै राखिएको र भिसा समेत कम्पनिले क्यान्सिल गरेको बताइरहेको मृतकका सहकर्मिहरुले जानकारी गराएका छन। उनिहरुले आफ्नो समस्या लिखित रूपमै दूतावासमा पुर्याए पनि सुनुवाई नभएको बताए।