अर्घाखाँचीका नयाँ प्रहरी प्रमुखले संचारकर्मीहरुसँग भेटघाट, अन्तरक्रिया गर्दै

सुर्य भुसाल 
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची जिल्ला प्रहरी कार्यालयमा भर्खर मात्रै सरुवा भई आउनु भएका प्रहरी नायब उपरीक्षक माधब बुढाथोकीले जिल्लाका सबै संचारकर्मीहरुसँग भेटघाट तथा अन्तरक्रिया कार्यक्रम गर्नहुने भएको छ । 
लकडाउनका बेला अर्घाखाँचीको कमान्ड समाल्न जिल्लामा आउनु भएका प्रहरी प्रमुख बुढाथोकी कोरोना रोग नियन्त्रणका प्रयास  जिल्लाको शान्ति शुरक्षा वाढी पहिरोमा परेका ब्यक्तिहरुको उद्दार। गाउँ गाउँमा रहेका प्रहरी युनिटका प्रहरी कर्मचारीहरुको समस्या तथा जिल्लाको बस्तु स्थिति बुझेसँगै जिल्ला स्थित संचार्कर्मीहरुसँग सामाजिक दुरि कायम गरि मंगलवार बिहान भेटघाट तथा अन्तरक्रिया कार्यक्रम आयोजना गर्नुभएको हो । 
जिल्लामा  प्रहरी प्रमुख नयाँ आएसँगै राजनीति दलका नेताहरु पत्रकार उधोगी ब्यबसायी, निर्माण ब्यबसायीहरुसँग भेटघाट गर्ने प्रचलन रहेको थियोे सोहि अनुसार मंगलवार बिहान नौ बजे पत्रकारसँग भेटघाट राखिएको हो । 

अन्य समाचारहरु