पाँच दिनदेखि अवरुद्ध गोरुसिंगे सन्धिखर्क सडक सुचारु

 अर्घाखाँचीडट्कम संवाददाता 
नरपानी, अर्घाखाँची  (अर्घाखाँचीडट्कम)।  पाँच दिनदेखि अवरुद्ध गोरुसिंगे सन्धिखर्क सडक मंगलवार अपरान्हदेखि खुलेको छ।
 शुक्रबार राती नरपानीमा गएको पहिरो खस्ने क्रम नरोकिएपछि पाँच दिनदेखि गोरुसिंगे सन्धिखर्कसडक अवरुद्ध बनेको थियो ।  लगातार परेको अविरल वर्षाका कारण गोरुसिंगे सनिधखकै सडकको नरपानी र खाँचीखोलाको बीचमा पहिरो गएको थियो । 
पाँच दिनदेखि २ वटा डोजरले पहिरो पन्छाउने काम गरिरहेका थिए ।  पहिरो हटाउने प्रयास भएपनि पानी परिरहेको र पहिरो खसिरहेकाले बाटो खुलाउन समस्या भएको थियो । 
सडक बन्द हुँदा बिरामी बोकेका एम्बुलेस ,अन्य सवारीसाधन आवतजावत गर्न पाएको थिएनन् । 
उता वर्षाका कारण अर्घाखाँचीमा अधिकांश ग्रामिण सडक पनि अवरुद्ध भएका छन् ।अर्घाखाँचीका विभिन्न ठाउँका बस्ती उच्च पनि जोखिममा परेका छन् ।
लगातारको वर्षाले सन्धिखर्क नगरपालिका र पाणिनि गाउँपालिकामा २ घर बगाएको छ ।  जिल्ला भर २१ घर पहिरोको उच्च जोखिममा परेका छन्। जोखिममा परेकाहरु छिमेकीको घरमा आश्रय लिएर बसेका छन्।  सन्धिखर्क नगरपालिका-६ को नरपानीका १० घर , वडा नम्बर-७ को भुजुङ्गे गाउँमा पाँच घर पहिरोको उच्च जोखिममा परेको छ । यस्तै शितंगंगा नगरपालिका र मालारानीका विभिन्न बस्तीहरु पनि उच्च छन् । 
पहिरोको उच्च जाखिममा परेका मालारानी गाउँपालिका वडा नम्बर-४, खनका दुई घरपरिवारलाई स्थान्तरण गरिएको छ भने शितगंगा नगरपालिका वडा नम्बर-४, ठाडाका तीन घर परिवारलाई सुरक्षित ठाउँमा स्थानान्तरण गरिएको छ।
त्यस्तै भुमिकास्थान नगरपालिका वडा नम्बर-९, ढिकुराको एक घरलाई पनी सुरक्षित ठाउँमा स्थानान्तरण गरिएको छ ।  वर्षाका कारण पाणिनि गाउँपालिकाको दुर्गाखोलामा निर्माण हुन लागेको पुलमा क्षति पुगेको छ।
सालझण्डी-सन्धिखर्क ढोरपाटन सडकअन्तर्गत दुर्गाखोलामा निर्माण हुन लागेको पुलमा बाढी आएपछि सामान खोलाले बगाउँदा ५० लाख बढीको क्षति भएको पुष्पाजेभिका सञ्चालक नारायणप्रसाद बन्जाडेले जानकारी दिए । 
मालारानी र सन्धिखर्क जोड्न निर्माण गरिएको पुलमा पनि क्षति भएको छ । मालारानी र सन्धिखर्कको सिमाना नौलापानीमा पीटिआर कन्स्ट्रक्सनले करिब ३ करोडको लागतमा निर्माण गर्न लागेको पुल बगाएको कन्स्ट्रक्सनका सञ्चालक ऋषी अधिकारीले बताए । 

अन्य समाचारहरु