अर्घाखाँचीमा राष्ट्रिय जनमोर्चाद्धारा अमेरिकी एमसीसीको विरोधमा प्रदर्शन (भिडियो, फोटो सहित)

बसन्त खड्का
चुत्राबेसी, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कमा नेकपा मसाल निकट राष्ट्रिय जनमोर्चाले अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को विरोधमा प्रदर्शन गरेको छ ।

नेकपा मसाल निकट राष्ट्रिय जनमोर्चाले अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को विरोधमा जिल्लाको सदरमुकाम सन्धिखर्कको  प्रदर्शन गरेको हो । प्रदर्शनसँगै चुत्राबेसीको भक्तिटोला चौकमा कोणसभा गरेको थियो ।
नेपालको संघीय संसदबाट एमसीसी पारित गरेर नेपाललाई अमेरिकी सेनाको क्रीडास्थल बनाउन खोजेको भन्दै विरोध गरेको राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष थम्मन के.सीले बताउनुभयो ।
अमेरिकी साम्राज्यवादले हिन्द- प्रशान्त रणनीति अन्तर्गत नेपाललाई हिन्द प्रशान्त सैन्य गठबन्धनमा  राखेर अमेरिकी सेनाको परेड स्थल बनाउन खोजेकाले आफ्नो पार्टीले कदापी सफल हुन नदिने के.सीको भनाई  छ  ।
नेकपा मसालले अमेरिकी सहयोग एनसीसी परियोजना नेपालको हितमा नभएको भन्दै विरोध गर्दै आएको छ । परियोजना राष्ट्रघाती भएको भन्दै देशव्यापी विरोध प्रदर्शन कार्यक्रम अन्तर्गत अर्घाखाँची जिल्लाभर विरोध कार्यक्रम गरेको उक्त पार्टीले जनाएको छ ।

अन्य समाचारहरु