सुर्य भुसाल
खन, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधब बुढाथोकीले जनतालाई प्रत्क्षय अनुभुती हुने गरि शान्ति सुरक्षा कायम गर्न मातहतका प्रहरी कर्मचारीहरुलाई निर्देशन दिनु भएको छ ।
जिल्लाको मालारानी गाउँपालिकाको खनमा रहेको ईलाका प्रहरी कार्यालय खनको भबन ब्यारेक भान्सा कोठाको निरिक्षण गर्दै बुढाथोकीले कसैको दवाब प्रभाबमा नपरी शान्ति शुरक्षा अमन चयन कायम गर्न र चोरी निकासी अन्त्य गर्ने र देखिने गरि काम गर्न निर्देशन दिनु भएको हो ।
उहाले प्रहरी कर्मचारीहरुका समस्या आफुले गर्ने समधानका बारेमा प्रहरी कर्मचारीहरुसँग अन्तरक्रिया गर्नु भएको थियोे । जिल्लामा आएपछि जिल्लाका सबै प्रहरी युनिटहरुको बुढाथोकीले निरिक्षण गर्नु भएको छ ।