सुदुरपश्चिममा हालसम्म २ सय ४४ जना डिस्चार्ज भएका छन् । संक्रमित र शंकास्पद गरी ५ सय २८ जना डिस्चार्ज भएकोमा त्यसमा २ सय ४४ जना कोरोना संक्रमित रहेको सुदुरपश्चिम स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
कोरोनाबाट संक्रमित ६८ जना एकै दिन डिस्चार्ज भएका हुन् । कञ्चनपुर र डडेल्धुरावाट २५÷२५ जना घर फर्केका छन् ।
त्यसैगरी कैलालीबाट १२ जना, डोटीबाट ५ जना र वाजुराबाट एक जना डिस्चार्ज भएर घर फर्किएको सुदुरपश्चिम स्वास्थ्य निर्देशनालयले जनाएको छ । सुदुरपश्चिममा संक्रमितको संख्या एक हजार ६ सय ६७ जना पुगेको छ । इमेजखबरमा समाचार छ ।