स्व. हरि सुनुवार । फोटो यम सुनारबाट अनुमती लिएको ।
अर्घाखाँचीडट्कम संवाददाता
ढाकावाङ्ग, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका वार्ड नम्बर -२ ढाकावाङ्गका एक युवाको कतारको दोहामा घरको छतबाट खसेर मृत्यु भएको छ ।
ढाकावाङ्गका ठग बहादुर कामी र आमा लिला विकका साईलो छोरा २९ वर्षिय हरि सुनुवारको कतारको दोहामा बिहीवार एक्कासी घरको छतबाट खसेर घाइते भई अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
हरिका श्रीमती गिता सुनार र दुई छोरा रहेका छन् ।
३० महिनादेखि वैदशिक रोजगारको क्रममा कतारमा रहेका सुनुवारको शब दोहाको एक अस्पतालमा राखिएको नेपाली दुताबासले जनाएको छ ।
दुताबासका अनुसार कम्पनीसँग कुरा गरी सम्पूर्ण प्रक्रिया पुरा गरी शबलाई नेपाल पठाईने बताएको छ र परिवारलाई जानकारी गराइएको समेत उल्लेख गरेको छ ।